0
Shares
नवलपुर । राईफलका ५ राउण्ड गोली सहित नवलपुरबाट एक युवक पक्राउ परेका छन्। भारतको सीमा नाका त्रिवेणी स्थित गण्डक ब्यारेज पुलबाट विनयी त्रिवेणी गाउँपालिका वडा नं. ७ का २९ वर्षका राहुल थापा पक्राउ परेका जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ।
प्रहरी नायव उपरिक्षक बेद बहादुर पौडेलका अनुसार सीमा क्षेत्रमा गस्तीमा खटिएको प्रहरी टोलीले थापाको शरीर खानतलासी गर्दा एसएलआरका ३ र थ्री नट थ्री का २ वटा गोली सहित फेला पारेको हो
राईफलका गोली सहित पक्राउ परेका थापालाई प्रहरीले थप अनुसन्धान थालेको छ ।