मनिषको चुनावी अभियानः हुप्सेकोटबाट

0 Shares

नवलपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवलपुर क्षेत्र नं. २ का उम्मेदवार मनिष खनालले हुप्सेकोटबाट आफ्नो औपचारिक चुनावी अभियान सुरु गरेका छन्।
आजको अभियान अन्तर्गत हुप्सेकोट गाउँपालिका का गिरुबारी, चोरङी, झ्याल्बास, गुयेरी, बेलुवा, जुगेपानी र शंखदेवमा कोणसभा गर्दैछन् । साथै आजको दिनभर उनी हुप्सेकोट गाउँपालिकाका वडा नं. १, २, ३ र ४ मा घरदैलो तथा जनभेटघाट कार्यक्रममा सहभागी भएका छन्।

आज हुप्सेकोट गाउँपालिका बाट अभियानको सुरुवात गर्दै खनालले गिरुबारी, चोरङी, झ्याल्बास, गुयेरी, बेलुवा, जुगेपानी र शंखदेवमा कोणसभा आयोजना गरेका छन्। साथै, आजको दिनभर उनी हुप्सेकोट गाउँपालिकाका वडा नं. १, २, ३ र ४ मा घरदैलो तथा जनभेटघाट कार्यक्रममा सहभागी हुने कार्यक्रम तय भएको थियो।

हुप्सेकोट गाउँपालिकामा आयोजित कार्यक्रममार्फत खनालले घरदैलो तथा जनभेटघाट अभियानको औपचारिक शुभारम्भ गर्दै आगामी दिनमा नवलपुर क्षेत्र नं. २ का सबै वडा र बस्तीमा प्रत्यक्ष रूपमा पुग्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले नवलपुर–२ का नागरिकसँग प्रत्यक्ष संवाद गर्दै सुशासन, पारदर्शिता र जनउत्तरदायी राजनीति आफ्नो प्राथमिकता रहेको बताएका छन्।
अभियानको सुरुवातसँगै स्थानीय समर्थकहरूको उल्लेख्य सहभागिता देखिएको छ। खनालले हुप्सेकोटबाट सुरु गरेको अभियानलाई क्षेत्रव्यापी बनाउँदै जनताको सुझाव र विश्वासका आधारमा चुनावी यात्रा अघि बढाउने उनको सचिवालयले जनाएको छ।
रास्वपाका कार्यकर्ता तथा समर्थकहरूले “घण्टी बजाऔँ, मनिष जिताऔँ” नारासहित अभियानलाई सुरु गरेका छन् र त्यसलाई तीव्र बनाउने बताएका छन्।

 

प्रतिक्रिया
सम्बन्धित समाचार थप