चर्चमा गएका १६ जना अस्पताल भर्ना

0 Shares

असार १४, नवलपुर । नवलपुरमा चर्चमा गएका १६ जनालाई अस्पताल पुर्याईएको छ । बुलिङटार २ टाँडीस्वारास्थित जीवजज्योति चर्चको भवन ढलानमा काम गर्न गएका १६ जना विरामी भएपछि अस्पताल पुरयाईएको हो ।
प्रहरीका अनुसार उनीहरुले जंगली च्याउ खाएका थिए । विरामीहरुलाई भरतपुर सरकारी अस्पताल र पुरानो मेडिकल कलेजमा उपचारका लागि पठाईएको छ । ११ महिला र ५ पुरुषमध्ये ८ जना सरकारी अस्पताल र ८ जना पुरानो मेडिकल कलेजमा भर्ना भएका छन् ।
१६ मध्ये ३ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । ७ बर्षकि बच्चीदेखि ७८ बर्षीया बृद्धा जंगली च्याउ खाँदा बिरामी भई अस्पताल भर्ना भएका हुन ।

उनीहरू चर्चमा प्रार्थना र भुई ढलान श्रमदान गर्न गएका थिए । उनीहरूले जंगलमा खोजेर घरमा पकाएको च्याउको तरकारी खाएका प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार थप