0
Shares
देवचुली । देवचुलीमा सुरू भएको क्रिकेट प्रतियोगितामा वडा नं. १० ले जित निकालेको छ । देवचुली ५ र देवचुली १० बिचको उदघाटन खेलमा देवचुली १० ले १० विकेटको जित निकालेको हो।
टस जितेर ब्याटिङ रोजेको देवचुली ५ ले सरोज चापागाईको १५ रन र अमृत थापा मगरको ६ रनको मदतले ११.४ ओभरमा १० विकेट गुमाउँदै ४९ रन बनाएको थियो ।
खेलमा देवचुली १० का जग बहादुर क्षेत्रीले ५ विकेट, अमृत भुसालले २ विकेट लिएका थिए ।
५० रनको विजयी लक्ष्य लिएर मैदान छिरेको देवचुली १० ले बिना विकेटको क्षतिमा ५५ रन बनाउँदै १० विकेटको जित निकालेको हो । देवचुली १० का श्रवण श्रेष्ठले २७ रन र किरण शर्माले ११ रन बनाएका थिए। प्रतियोगितामा देवचुली १० का जग बहादुर क्षेत्री मेन अफ द म्याच भए । शुक्रबार देवचुली २ र देवचुली १२ बिच प्रतिस्पर्धा हुने तालिका छ ।