नेपाल वन पैदावर उद्योग ब्यवसायी संघ नवलपुरद्धारा कैलाश सन्यास आश्रममा बृक्षरोपण

0 Shares

खगेन्द्र पराजुली, साउन १० ।
गैंडाकोट । नेपाल वन पैदावर उद्योग ब्यवसायी संघ नवलपुरले गैंडाकोटमा बृक्षरोपण गरेको छ । गैंडाकोट १३ स्थित पुरातात्विक एवं धार्मिक क्षेत्र कैलाश सन्यास आःश्रमको करीव ५ बिगाहा क्षेत्रफलमा बृक्षरोपण गर्ने उदेश्यका साथ एक कार्यक्रमकाबीच विहिबार बृक्षरोपणको शुभारम्भ गरेको हो ।
नेपाल वन पैदावर उद्योग ब्यवसायी संघ नवलपुरका अध्यक्ष शालिकराम सापकोटाको अध्यक्षता तथा गैंडाकोट नगरपालिकाका नगरप्रमुख मदनभक्त अधिकारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बन पैदावरसँग सम्वन्धित उद्योगी ब्यवसायीले बृक्षरोपणमा सहभागिता जनाएका थिए ।
नगर प्रमुख अधिकारीले जलवायु परिवर्तनका कारण उत्पन्न हुने प्राकृतिक विपत्ति, पानीका स्रोतको पुर्नभरण र रोग संक्रमण हुनसक्ने सम्भावनालाई न्यूनीकरण गर्न बन बनस्पतिको महत्वपूर्ण भूमिका हुने बताए । उनले आश्रमको वरपर गरिने बृक्षरोपणको संरक्षणमा आयोजक उद्यागी ब्यवसायीको संस्था, आश्रम ब्यवस्थापन पक्ष र सिख्रौलीवासी स्थानीय समेतको रेखदेख जिम्मेवारी रहनेमा आफू विश्वस्त रहेको बताए ।
सामाजिक उत्तरदायित्व अन्तर्गत गरिने रचनात्मक क्रियाकलापलाई उत्पादनसँग जोड्ने प्रयास गरिएको नेपाल वन पैदावर उद्योग ब्यवसायी संघ नवलपुरका अध्यक्ष शालिकराम सापकोटाको भनाई थियो ।
छोटो मञ्चीय कार्यक्रममा बोलेका अतिथि बक्ताहरुले बृक्षरोपणपछि ति विरुवालाई कसरी हुर्काउने भन्ने कुरा नविर्सन जोड दिए । सो अवसरमा गैंडाकोट नगरपालिका वडा नं. १३ का अध्यक्ष मधुकर मल्ल, नेपाल बन पैदावर उद्योग ब्यवसायी महासंघ गण्डकीका बरिष्ठ उपाध्यक्ष विश्वराज अधिकारी, सामुदायिक बन उपभोक्ता महासंघ नवलपुरका उपाध्यक्ष कमल बाचे, कैलाश सन्यास आश्रमका अध्यक्ष पुष्पराज घिमिरे लगायतले बोलेका थिए ।
यहाँ यसै अभियानमा ५ सय विरुवा लगाईने संघका सचिव राजेश श्रेष्ठले जानकारी दिए । रक्त चन्दन, कपुर, स्याउ, नासपाती, एभोकाडो, खयर लगायत २६ प्रजातिका बिरुवा रोप्न र मलखादका लागि लाग्ने लागत रकम आश्रम ब्यवस्थापन पक्षलाई उपलब्ध गराउने संघका कोषाध्यक्ष जीवलाल भटराईले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार थप