कावासोती-१,बालुवाडाँडा

0 Shares

ए भ्युटावर
खै कहाँछन तिम्रा अभिभावक ?

अनाथ वालबालिकाले त
पाउँथ्यो अनाथाश्रमको साथ ।
मनकारिको हात पाउँथ्यो
चर्को घाम छेक्ने रात पाउँथ्यो ।
भलाकुसारी गर्न बात पाउँथ्यो
सहयोगिहरुको साथ पाउँथ्यो ।
पिर ब्यथा बेच्नलाई बजार-हाट पाउँथ्यो
धेर-थोर भएपनी त राहत पाउँथ्यो ।

अहिले त तिमी फोहरको डङ्गुर भएछौ
अभिभावक भनाउँदाहरु बङ्गुर भएछौ ।

ए बालुवा डाँडाको भ्युटावर तिमी
रहेछौ अभागी ।
हुँदैछ मजाक
खै कहाँछन तिम्रा अभिभाभक ??

जनक माकिम कावासोती

प्रतिक्रिया
सम्बन्धित समाचार थप