मित्र खरेल, पुस २०,गैैडाकोट । वाग्लुङ गल्कोट समाज गैंडाकोटको अध्यक्षमा कमलप्रसाद शर्मा गौतम निर्वाचित भएका छन् । शुक्रवार गैडाकोट-१३ मा सम्पन्न चौथो अधिवेशनने शर्माको अध्यक्षतामा १५ सदस्यीय समिति सर्वसम्मत चयन गरेको हो। यस्तै अधिवेशनले टिकाराम शर्माको संयोजकत्वमा ५ सदस्यीय लेखा समिति समेत निर्विरोध चयन गरेको निर्वाचन समितिका संयोजक छायादत्त ढकालले जानकारी दिए ।
११औ स्थापना दिवस तथा १० औं वार्षिक सभा समेत सम्पन्न गरेको समाजले वाग्लुङका साविक १६ गा वि स हाल गल्कोट नगरपालिका पुरै, ताराखोला, वडिगाड र वरेङ गाउँपालिकाका आंशिक वडाबाट वसाइ सरी गैंडाकोटमा वसोवास गर्दै आएका गल्कोट मूलवासीलाई संगठित गर्दै आइरहेको छ ।
३ सय ८३ आजिवन र १ सय ८० साधारण गरी ५६३ सदस्य आवद्ध समाजले सामाजिक, आर्थिक, सौस्कृतिक रुपान्तरण – संरक्षणको पाटोमा गतिविधि सञ्चालन गर्दै आइरहेको छ ।
समाजका अध्यक्ष तोयानाथ गैरेको अध्यक्षता तथा समाजका सल्लाकारमध्येका ज्येष्ठ सदस्य भूमिराज रेग्मीको प्रमुख आतिथ्यतामा भएको साधारण सभा उद्घाटन सत्रको सञ्चालन सचिव यमनारायण चालिसेले गरेका थिए ।
उपाध्यक्ष कमल शर्मा गौतमको स्वागत मन्तब्य रहेको खुला सत्रमा गल्कोट समाज काठमाण्डौका कार्यवाहक अध्यक्ष वलिभद्र चालिसे, दगातुनडाँडा समाज गैडाकोटका अध्यक्ष गोकर्ण मराििसिनी, गल्कोट समाज चितवनका अध्यक्ष वमवहादुर खत्री, भूमि आयोग नवलपुरका अध्यक्ष तारापति खरेल, वाग्लुङ चितवन सम्पर्क समाजका अध्यक्ष श्रीप्रसाद कण्डेल, समाजका पूर्व अध्यक्ष एवं निर्वाचन संयोजक छायादत्त ढकाल, उद्योग वाणिज्य संघ गैंडाकोटका वरिष्ठ उपध्यक्ष छवि कडेल, गैंडाकोट ५ का वडा सदस्य तुलसी गौतम लगायतले शुभकामना मन्तब्य राखेका थिए ।