पुल बनाउन गुहार

0 Shares

खगेन्द्र पराजुली, माघ ५, नबलपुर । कालीगण्डकी करिडोर सडक अन्तर्गत नवलपुरमा पर्ने तरंगे पुल निर्माण सम्पन्न गर्न स्थानीय सरकारले केन्द्रीय सरकारलाई गुहारेको छ । गैंडाकोट र बुलिङटारको सिमानामा पर्ने तरंग खोलामाथी बनिसक्नुपर्ने पुल नबन्दा वर्षातको समयमा पूर्ण रुपमा र बाद्वै महिना यात्रामा कठिनाई भएको भन्दै भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयमा ध्यानाकर्षण गराईएको टोलीका एक प्रतिनिधि विद्रोही गिरीले जानकारी दिए ।

पाल्पाका सांसद नारायण आचार्य, बुलिङटार गाउँपालिकाका अध्यक्ष दिपेन्द्र सुनारी सहित पुगेको टोलीले मन्त्री देबेन्द्र दाहाल, मन्त्रालयका सचिव र सडक विभागका महानिर्देशक समक्ष पुलले पूर्णता नपाउँदाका समस्या र यसको प्रभावका बारेमा एकैसाथ जानकारी गराईएको गिरीले बताए ।

विषय जानकारी लगत्तै सडक विभागका महानिर्देशक रामहरि पोखरेलको भनाइलाई उधृत गरेका टोली प्रतिनिधि गिरीले महानिर्देशकबाट १५ दिनभित्रमा पुल निर्माण कार्य रोकिनुको कारण सहित विषय टुङ्ग्याएर छिटो छरितो कामलाई प्राथमिकता दिईने आश्वासन पाएको बताए ।

२०७६ माघ मसान्तमा काम सक्नुपर्नेमा निर्माण कम्पनीले काम नसकेपछि २०८१ चैत्र मसान्त सम्म म्याद थप भएको छ। थपिएको म्याद सकिन तीन महिना बाँकी हुँदा समेत निर्माण कम्पनीले पुल बनाउन वास्ता गरेको छैन ।

कुर्मा अगाडि पुल निर्माण नभए नवलपुरको उत्तरी भेग, पाल्पा, स्याङ्जा, तनहुँको दक्षिणी भेग र गुल्मी, पर्वतका आशिक क्षेत्रका नागरिकहरु

प्रतिक्रिया
सम्बन्धित समाचार थप