माघ १३, देवचुली । देवचुलीको खेलकुद विकास समितिका नवनियुक्त अध्यक्ष दिपकचन्द्र भट्टराईले सपथ ग्रहण र पदभार जिम्मेवारी लिएका छन् ।
नगर कार्यपालिकाको ६६ औं बैठकले देवचुली १३ दलदलेका दिपकचन्द्र भट्टराईलाई शिक्षा, युवा तथा खेलकुद शाखा अन्तर्गतको युवा तथा खेलकुद विकास समितिको अध्यक्षमा नियुक्त गरेको हो ।.
आइतवार नगरप्रमुख हरिप्रसार न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा नवनियुक्त अध्यक्ष भट्टराईले नियुक्तिपत्र बुझेका हुन् ।
नगर प्रमुख न्यौपानेले देवचुली नगरपालिका खेलका विभिन्न विद्यामा चिनारी वनाउन थालेको प्रसंग चर्चा संगै नवनियुक्त अध्यक्षको भूमिका अझ उल्लेखनीय हुने विश्वास सहित शुभकामना दिएका थिए ।
सपथ ग्रहण लगत्तै प्रतिवद्धता व्यक्त गरेका नवनियुक्त अध्यक्ष भट्टराईले देवचुलीको समग्र युवा र खेल क्षेत्रको विकासका लागि नीति, विधि, पद्दति र पारदर्शीतालाई केन्द्रका राखेर काम गर्ने वाचा गरे ।.
नगर उपप्रमुख पार्वता तिवारी, प्रमुख प्रशासकीय अधिकृत दिवाकर पौडेल,वडाअध्यक्षहरू, विषयगत शाखा शिक्षा, युवा तथा खेलकुदका अधिकारी-कर्मचारी, खेलकुद विकास समितिका पदाधिकारी, कर्मचारी र पत्रकार समेतको उपस्थितिका बीच नवनियुक्त अध्यक्ष दिपकचन्द्र भट्टराईले आफ्ना प्रतिवद्धता भनाई राखेका हुन्।