भिमसेनमा दाता स्मारिका स्तम्भ

0 Shares

खगेन्द्र पराजुली, माघ १५, देवचुली ।
भिमसेन माविले दाताको सम्मानमा स्मारिका स्तम्भ निर्माण गरेको छ । देवचुली– ७ स्थित विद्यालयको हाताभित्र निर्मित स्तम्भको एक समारोहकावीच नगरप्रमुख हरिप्रसाद न्यौपानेले अनावरण–उद्घाटन गरे ।
विद्यालयको ५५ औं वार्षिकोत्सव एवम् अभिभावक दिवसको अवसरमा मंगलवार स्तम्भ अनावरण गरिएको हो ।
२०६५ सालमा विद्यालयले आयोजना गरेको धनाधान्याचल महायज्ञमा १० हजार रुपैंयाभन्दा धेरै चन्दा दिने ३ सय १८ जना दाता, १५ वटा सामाजिक, सामुदायिक, संस्थागत संघसंस्थाहरु र विद्यालयमा स्थापना भएका ८ वटा अक्षयकोष दाताहरूको विवरण शिलालेखमा स्वर्णिम अक्षरले उतारेर स्तम्भ निर्माण गरिएको विद्यालयका प्रधानाध्यापक अग्निधर भुसालले बताए ।
समारोहका प्रमुख अतिथि समेत रहेका नगरप्रमुख न्यौपानेले वाषिकोत्सवकै अवसरमा विद्यालयले प्रकाशन गरेको पुस्तक भीमसेन स्मारिका, पनि बिमोचन गरे ।
बर्षिकोत्सवका अवसरमै विद्यार्थी, अभिभावक, शिक्षक र आमन्त्रित सामाजिक, शैक्षिक व्यक्तित्व एवम् स्थानीय जनप्रतिनिधिको वृहत उपस्थितिमा विद्यार्थीहरुको सिर्जनात्मक सांगितिक साँस्कृतिक प्रस्तुति–प्रदर्शन, शैक्षिक तथा अतिरिक्त क्रियाकलापका उत्कृष्ट प्रतिभा पुरस्कृत, उत्कृष्ट शिक्षक–कर्मचारी सम्मान पुरस्कृत लगायतका गतिविधि भए ।

विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष भूमिलाल लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा प्रधानाव्यापक अग्निधर भुसालले शैक्षिक प्रतिवेदन प्रस्तुत गरे ।

प्रतिक्रिया
सम्बन्धित समाचार थप