केउरेनीमा कृषक पाठशाला कार्यक्रम

0 Shares

सन्दीप पराजुली ।
जेठ २४, देवचुली । देवचुली नगरपालिकाको वडा नं. १ मा कृषक पाठशाला सुरुवात भएको छ । शनिवार शिशवार बोटे सामुदायिक होमस्टेमा पाठशाला कार्यक्रम सञ्चालन सम्वन्धि जानकारी दिने उदेश्यले आयोजित पाठशाला उद्घाटन सत्रमा कार्यक्रमको बारेमा जानकारी दिईएको हो ।
गण्डकी जलाधार जलवायु उत्थानशिल आयोजना, नेपाल कृषि अनुसन्धान परिषद नार्क र देवचुली नगरपालिकाको सहयोग समन्वयमा ६ महिने धानवाली कृषक पाठशाला सुरु भएको हो ।
२५ जना कृषकहरुको प्रत्यक्ष सहभागीतामा हुने कार्यक्रमलाई सहजकर्ता कुस्माखर काफ्लेले सहजीकरण गर्नेछन् । राष्ट्रिय प्राकृतिक संरक्षण कोष अन्तर्गतको गण्डकी जलाधार जलवायु उत्थानशील आयोजनाको ४ लाख बजेटमा हुने कार्यक्रम अभ्यास, अनुसन्धान, प्रदर्शनी लगायत प्राविधिक पक्षमा रहेर विज्ञ प्रशिक्षकहरुले प्रशिक्षण गराउनेछन् ।
देवचुली १ केउरेनीको कृषक पाठशालामा जलवायु अनुकुलन धान बाली छनोट सुरु भएको कार्यक्रममा १४ वटा सत्रहरु हुने जनाईएको छ ।
सुख्खा, मध्ययम र डुवान वर्गिकृत जमिनलाई आधार मानेर चल्ने सिकाइमूलक पाठशालामा फरक जातका धानको परिक्षण सिकाइ हुने कार्यक्रममार्फत जानकारी दिईएको हो ।
दिब्यज्योति कृषि सहकारी संस्थाका अध्यक्ष दिपक माझीको अध्यक्षतामा भएको कार्यक्रममा देवचुली नगरपालिकाका कृषि शाखाका नरेन्द्र भण्डारी, गण्डकी जलाधार जलवायु उत्थानशीलता परियोजना पोखराका जलवायु परिवर्तन सहायक परामर्शदाता राजेश पौडेल, राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रम रामपुरका प्राविधिक अधिकृत मनोज कण्डेल, दिब्य मध्यवर्ती सामुदायिक वन समितिका अध्यक्ष सुभाष ओझा र दिब्यज्योति कृषि सहकारीका संस्थापक अध्यक्ष बाबुराम माझीले विषय केन्द्रित भनाई सहितका धारणा राखेका थिए ।
उद्घाटन सत्रको सञ्चालन दिब्यज्योति कृषि सहकारीका ब्यवस्थापक पूर्णमाया बोटेले गरेकी थिइन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार थप