0
Shares
सन्दीप पराजुली, जेठ २६, गैंडाकोट । गैंडाकोटमा बसले अटोलाई ठक्कर दिदा अटोमा सवार दुई जना घाइते भएका छन् । सोमबार बिहान गैंडाकोटको थुम्सीमा भएको दुर्घटनामा गैंडाकोट ६ कि ४५ वर्षकी सरस्वती बिक र पर्वत फलेबासका ५४ वर्षीय यम बहादुर बिक घाइते भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार सुर्खेतबाट काठमाण्डौ तर्फ जाँदै गरेको बा.प्र.०१००६ख ५७७० नं. को बसले सोही दिशामा गुडिरहेको ग.प्र.०४००१स ०५२५नं.को अटोलाई ठक्कर दिएको हो ।
घाइतेलाई उपचारका लागी नयाँ मेडिकल कलेज भरतपुर चितवन पठाइएको छ । बस चालक दैलेखको गुरास गाउँपालिकाका वर्ष ३५ का करण बहादुर रोक्का मगर इलाका प्रहरी गैंडाकोटको नियन्त्रणमा छन् ।
अटो चालक घाइतेको उपचारमा संलग्न रहेको पनि प्रहरीले जनाएको छ । अटो चालक घाइते सरस्वती विकका श्रीमान हुन् ।