आरम्भका सतप्रतिसत विद्यार्थी पास

0 Shares

खगेन्द्र पराजुली ।
असार १४, कावासोती । कावासोतीको आरम्भ एकेडेमीबाट एसइइ परीक्षामा सामेल सबै विद्यार्थीले उतीर्ण नतिजा ल्र्याका छन् ।
शुक्रबार सार्वजनिक परीक्षाफलका अनुसार परिक्षामा सहभागी सतप्रतिसत विद्यार्थी उतीर्ण भएका हुन् ।
एसइइ २०८१ मा आरम्भ एकेडेमीबाट ३७ जना विद्यार्थीले परीक्षा दिएका थिए । जसअनुसार जिपिएका आधारमा ४ जनाले ३.६ देखी माथीको जिपिए ल्याएका छन् भने १३ जनाले ३.२ र ३.६ बीचको जिपिए प्राप्त गरेका छन् ।
आरम्भ एकेडेमीका १६ जनाले २.८ र ३.२ बीचको जिपिए हासिल गर्दा ४ जना विद्यार्थीले २.४ र २.८ बीचको जिपिए ल्याएका विद्यालयले जानकारी दिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार थप