खगेन्द्र पराजुली, नवलपुर ।
देवचुली नगरपालिकाका नगर प्रमुख हरिप्रसाद न्यौपानेले फागुन २१ गते हुने निर्वाचन देश बनाउने र जलाउनेबीचको प्रतिस्पर्धा भएको बताएका छन् ।
शनिबारदेखि देवचुली नगर रंगशालामा सञ्चालित दोस्रो देवचुली गोल्डकप प्रतियोगिताको उद्घाटन समारोहमा प्रमुख बक्ताका रुपमा बोलेका नगर प्रमुख हरिप्रसाद न्यौपानेले राष्ट्रवादी शक्तिहरु चिन्न आग्रह पनि गरेका छन् ।
मेयर न्यौपानेले युवा खेलाडीलाई सम्बोधन गरेको पूरा भिडियोको अन्त्यमा आफ्ना अभिब्यक्ति राख्ने क्रममा उनले कुनै पनि दलको किटानी नगरी राष्ट्रबादी शक्ति र देश निर्माण गर्ने शक्तिहरुलाई निर्वाचित गरेर राष्ट्रियताको रक्षार्थ योगदान पुग्ने आशा र अपेक्षा ब्यक्त गरेका हुन् ।
नगर प्रमुख न्यौपानेले बोलेको भिडियोमा कुनै पनि दल ब्यक्ति र विशेषलाई जोडिएको छैन । राष्ट्रबादी शक्तिहरुलाई, देश निर्माण गर्ने शक्तिहरुलाई मतदान गर्न आग्रह गरेका र निर्वाचनमा उत्साहजनक उपस्थितिको अपेक्षा गरेका मेयर न्यौपानेको स्पष्ट अभिब्यक्ति अहिले चुनावी मसला बनेको छ ।