मुण्डे-कुमसोत खण्डमा अटो चल्न दिनुपर्ने सरोकारवालाको एकस्वर

0 Shares

देवचुली । छोटो दूरीको सहज यात्राको साधन अटो सञ्चालनमा रोक लगाईएकोप्रति देवचुलीका होटल तथा अटो व्यवसायीले ध्यानाकर्षण गराएका छन् । पर्यटकीय गन्तब्य कुमसोतमा मंगलवार देवचुली होटल ब्यवसायी संघले आयोजना गरेको अन्तरक्रियामा व्यवसाय सम्बद्ध सरोकार पक्षले नगर प्रमुख-उपप्रमुख समक्ष अटो चल्न पाउने विषयमा सहजीकरणका लागि आग्रह गरे।

गत वर्ष २०७९ सालको अशोजमा मुण्डे- कुमसोत खण्डमा अटो दुर्घटनामा परी एक जनाको मृत्यु भएपछि जिल्ला प्रशासन र प्रहरीले अटो संचालनमा रोक लगाएको सरोकारवालाले गुनासो गरे । दुर्घटनाको कारण देखाएर सेवाग्राही उपभोक्ता नागरिकको सरल र सहज यातायातको उपभोग गर्न पाउने अधिकारमा रोक लगाइनु अव्यवहारिक भएको उनीहरुको भनाई छ ।

दलदलेवाट मुण्डे हुदै कुमसोत जाने अटोलाई मुण्डेमा राखिए‌को चेक पोष्टवाटै रोक लगाइदा कुमसोतबासीले दुःख पाएको स्वर्य वडा नं. ६ का वडाअध्यक्ष मिन वहादुर सोती वताउँछन् ।

दलदले कुमसोत खण्ड पुरै कालोपत्रे भएको सजिलो बाटोमा अटो सञ्चालनमा रोक लगाइनु र कावासोती- हात्तिखोर हुदै कच्ची सडकमा निर्वाध अटो आवज जावत भइरहँदा राजनैतिक वा क्षेत्रगत स्वार्थ लुकेको हुनसक्ने उद्योग वाणिज्य संघ देवचुलीका अध्यक्ष सूर्य प्रसाद दवाडीले तर्क गरे।

होटल व्यवसाय र अटो यातायात सेवाले स्वदेशमै रोजगार र सेवा दुवै क्षेत्रमा योगदान पुयाएको तथ्य ब्यक्त गरेका प्रगतिनगर खानेपानी तथा सरसफाई संस्थाका अध्यक्ष खिमानन्द भुसालले सडकमा यातायात सञ्चालन मा रोक लगाउनु भन्दा पनि ट्राफिक सचेतना, नियम उल्लघंन भए‌मा कानूनी प्रक्रिया, दण्ड, अरिवाना, कार्वाही जस्ता नीतिगत र कानूनी पाटोलाई सक्रिय पार्नुपर्नेमा जोड दिए ।

नगर प्रमुख हरि प्रसाद न्यौपानेले आफूलाई अहिलेसम्म कुमसोतमा अटो चल्न नपाएको विषय थाहा नभएकाले यस सम्वन्धमा अझ एकपटक नगरपालिकामा सरोकारवालासँग प्रतिनिधिमूलक छलफल गरी प्रहरी प्रमुख र प्रमुख जिल्ला अधिकारीसँग सहजीकरणका लागि पहल गर्ने प्रतिवद्धता जनाए ।

उपप्रमुख पार्वता तिवारीले जिल्ला प्रशासन, प्रहटी, र ट्राफिककै राय सल्लाहमा नगरपालिका क्षेत्रमा सञ्चालन हुने अटो यातायात सेवा को रूट परमिट नगरपालिकाले नै सहजीकरण गर्दा सहज हुने भएकाले सूचीकृत, भाडादर, रूट कायम गरिएको स्पष्ट पारिन्

देवचुली होटल व्यवसायी संघका अध्यक्ष लक्ष्मण चापागाईको अध्यक्षता तथा वरिष्ठ उपाध्यक्ष भोजराज ज्ञवालीको सञ्चालनमा भएको अन्तरक्रियामा ट्राफिक प्रहरीको प्रतिनिधित्व गर्दै वोलेका प्रहरी नायव निरिक्षक राम वहादुर मग्रातीले आफू विभागीय र माथिल्लो निर्देशन कार्यान्वयन गर्ने भएकाले अर्को निर्णय वा आदेश नभएसम्म स्थापित पोष्टबाट निर्देशित काम कार्यान्वयन गर्नेपर्ने वताए ।

होटल र अटो व्यवसायी व्यवसायबाटै विस्थापित हुने स्थिति आएकाले नगरपालिकाले अभिभावकीय भूमिका निर्वाह गरी छिटोभन्दा छिटो निकासको वाटो खोलिदिन ब्यवसायीहरूले कार्यक्रमकै दौरानमा पटक पटकआग्रह गरेका थिए ।

भिडियो समाचारका लागि तलको लिंकमा जानुहोस् ।

https://fb.watch/ql5yWKWNhm/?mibextid=Nif5oz

प्रतिक्रिया
सम्बन्धित समाचार थप