दुर्घटनामा दुम्कौलीका युवकको गयो ज्यान

0 Shares

देवचुली । बुधवार राती देवचुलीमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको ज्यान गएको छ ।’

देवचुलीको रजहरस्थित भित्री सडकमा भए‌को दुर्घटनामा परी देवचुली नगर‌पालिका वडा नं २ दुम्कौलीका २४ वर्षका जोन महतोको मृत्यु भएको प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी डिएसपी वेद वहादुर पौडेलका अनुसार रजहरबाट फारमतर्फ जाँदै गरेका महतोले हाँकेको ग. प्र.००४-००१-४१४७ नम्बरको मोटरसाइकल चालकले नियन्त्रस गुमाउँदा नालीमा खसेर दुर्घटना भएको हो । गम्भीर अवस्थामा अस्पताल पुऱ्याइएका महतोको देवचुली नगर अस्पतालका चिकित्सकले मृत पुष्टि गरेका हुन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार थप