भुर्तेल परिवारद्धारा निर्मित मन्दिर समुदायमा समर्पित

0 Shares

देवचुली । चैतेदशैंको अवसर पारेर देवचुली १२ लक्ष्मीपुरमा निर्मित राधाकृष्ण मन्दिर उद्घाटन र मूर्ति प्राण प्रतिष्ठा गरिएको छ । लक्ष्मीपुर खेलमैदानस्थित सार्वजनिक जमिनमा निर्मित मन्दिर विधिवत बैदिक संस्कार अनुसार मंगलबार मन्दिर उद्घाटन तथा राधाकृष्णको मूर्ति प्राणप्रतिष्ठा गरिएको हो ।

स्थानीय चण्डीप्रसाद भुर्तेलको परिवारले स्वर्गीय मातापिता मोहनीलाल भुर्तेल र रेनुका भुर्तेलको स्मृतिमा निजी खर्चमा निर्मित मन्दिर समुदायका नाममा समर्पण गरिएको देवचुली १२ का वडाअध्यक्ष समेत रहेका भुर्तेल परिवारका लोकप्रसाद भुर्तेलले बताए ।

२ कट्ठा क्षेत्रफल छुट्याईएको मन्दिर क्षेत्रमा भजन किर्तन गर्न मिल्ने, आवश्यक पर्दा बैबाहिक समारोह, अन्य कार्यक्रम समेत गर्न मिल्ने खालको भवन समेत निर्माण गरिने उनी बताउँछन् ।

करिव २५ लाख रुपैंयाको लागतमा मन्दिर निर्माण भएको बताईएको छ । मन्दिरमा मूर्ति प्राणप्रतिष्ठा गर्नुपूर्व स्थानीयवासी, आमा समुह र भुर्तेल परिवारको सामुहिक उपस्थितिमा मूर्तिलाई भजन किर्तन सहित रम्भादेवी, देबीथान र नागस्थान धार्मिक क्षेत्रको परिक्रमा गराईएको थियो । नागस्थान मुक्तिक्षेत्र मूलधाराको जलमा मूर्ति स्नान गराई नवनिर्मित मन्दिरमा राधाकृष्णको प्राण प्रतिस्ठा एवं मूर्ति प्रतिस्थापन गरिएको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार थप