खेलाडी कल्याण कोषको गृहकार्य सुरु : भट्टराई

0 Shares

नवलपुर, भदौ १५ ।  युनाइटेड गोल्ड कपको उदघाटन गर्न आएका प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव श्रीधर शर्मा भट्टराईले खेलाडी कल्याण कोषको ब्यवस्थाका लागि गृहकार्य भईरहेको बताएका छन । अन्तर्राष्ट्रिय स्तरमा देशको गौरब बढाउने खेलाडीको सबै खाले सुरक्षाका लागि कल्याण कोषको ब्यवस्था गर्नुपर्ने जिकिर गर्दै गण्डकी प्रदेशमा त्यसको गृहकार्य भईरहेको जानकारी दिए ।
आफ्नो खेल जिवनको सुरुवात भएको खेल मैदानमा आएर गोल्डकपको उदघाटन गर्न पाँउदा हर्ष बिभोर भएको बताएका भट्टराईले बिरेन्द्र शिल जितेर आफ्नो खेल जीवन सुरुवात भएको स्मरण गरेका थिए ।
गोल्डकपको हरेक संस्करण सरस्वती माबि गिरुवारीको खेल मैदानमा संचालन हुँदै आएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार थप