0
Shares
खगेन्द्र पराजुली, असोज ७ ।
देवचुली । कृषि ज्ञान केन्द्र नवलपुरका प्रमुख कुलप्रसाद तिवारीले प्रतिवन्धित विषादीहरु एग्रोभेटहरुले लुकीचोरी ल्याएर वेचेको बताएका छन् । उनले विभिन्न अध्ययनको हवाला दिदै यस्तो बताएका हुन् ।
उनले त्यस्ता प्रतिवन्धित विषादीहरु कृषक उपभोक्ताले पनि ख्याल राखिराख्नुपर्ने बताए । कार्यालय प्रमुख तिवारीले नेपालमा प्रतिवन्ध लागेका विषादीहरु विदेशमा प्रतिवन्धित नरहेको पनि बताए ।
पछिल्लो समय नवलपुरका ब्यवसायिक तरकारी खेतीमा विषादीको असावधानीपूर्वक प्रयोगका कारण कृषक स्वयं गम्भीर रोगबाट ग्रसित हुनुपरेको समाचारले चर्चा र चासो पाएपछि कृषि ज्ञान केन्द्रले सचेतना कार्यक्रम सञ्चालन गरेको छ ।
आइतबार देवचुलीमा जनप्रतिनिधि, प्रतिनिधिमूलक उपभोक्ता–कृषक, विद्यार्थी लक्षित सचेतना कार्यक्रम भएको थियो ।