मंसिर ७, देवचुली । देवचुली १६ मा रहेका २ सामुदायिक विद्यालयबीच समायोजन घोषणा भएको छ । देवचुली १६ रजहरको देवचुली माध्यमिक विद्यालय र देवचुली आधारभूत विद्यालयबीच विद्यालय समायोजन भएको हो ।
समायोजनको प्रक्रिया अगाढी बढाउने सहमति गरेका दुबै विद्यालयका प्रशासन, ब्यवस्थापन र अभिभावकलाई नगरप्रमुख हरिप्रसाद न्यौपानेले अविर टीका प्रदान गर्दै विद्यालय समायोजनसँगसँगै गुणस्तरीय शैक्षिक सेवा प्रवाह र भौतिक साधन, स्रोत र जनशक्तिको न्यायोचित र उचित उपभोगलाई बिद्यालय ब्यवस्थापनले ध्यान पुर्याउन सुझाए ।
उनले समायोजनका सकारात्मक प्रभावलाई कार्यान्वन गर्दै शैक्ष्ािँक गुणस्तर बृद्धिमा जोड दिन उपस्थित शिक्षा सरोकारवालालाई आग्रह समेत गरे ।
समायोजनका लागि तयार भएर नगरपालिका पुगेका दुबै विद्यालयका प्रधानाध्यापक र ब्यवस्थापन समितिका अध्यक्षले समायोजनको औचित्य, ब्यवस्थापन, भौतिक सम्पत्तिको संरक्षण उपभोग, सेवारत शिक्षक कर्मचारीको ब्यवस्थापन जस्ता विषयलाई प्राथमिकता दिएका थिए ।
देवचुली आधारभूत विद्यालयकी प्रधानाध्यापक अम्बिका पंगेनीले अधिकांश विपन्न समुदाय र परिवारका बालबालिकाले अझ सहज ढंगले उत्कृष्ट शिक्षा पाउन भन्ने अपेक्षा राखिन् । उनले समुदायमा भएको एउटा विद्यालय समायोजन गरेर ुकनै पनि बेला पछुतो महशुस नहुने शैक्षिक बतावरण कायम गर्न सबै पक्षको सहयोगको अपेक्षा पनि गरिन् ।
देवचुली माविका प्रधानाध्यापक नारायणप्रसाद भण्डारीले विगतका विद्यालय समायोजनका अनुभव, अभ्यास र योजनालाई मध्यनजर गर्दै आधाभूत विद्यलयको भौतिकदेखि पुर्वाधारसहितको संरचना र सम्पत्तिको संरक्षणका लागि पनि उपयोग गरिने स्पष्ट पारे ।
देवचुली माविका ब्यवस्थापन समितिका अध्यक्ष टोपराज कोइरालाले संस्थागत समायोजन नीतिगत निर्णय गर्न सहजै भएको तर यसपछि ब्यवस्थापन गर्नुपर्ने आन्तरिक विषयहरुमा चुनौती नआओस् भनेर सचेत रहेको बताए ।
समायोजन भएको देवचुली आधारभूत विद्यालयमा चालु शैक्षिक सत्रमा ८३ जना विद्यार्थी भर्ना भएका छन् भने देवचुली माविमा ९ सय २ विद्यार्थी रहेका सम्वन्धित विद्यालयले जनाएको छ ।