सातौं देवचुली वडास्तरीय कपः वडा नं. १ सेमीफाइनलमा

0 Shares

खगेन्द्र पराजुली,
पुस ९, देवचुली । देवचुली वडा नं. १ सातौं देवचुली वडास्तरीय फुटबल प्रतियोगिताको सेमीफाइनल प्रवेश गरेको छ । सोमवार देवचुली ११ को सूर्यकिरण मैदानमा भएको खेलमा वडा नं. १७ रातोलाई २–१ गोल अन्तरले हराउँदै वडा नं. १ केउरानीको टोली सेमीफाइनल प्रवेश गरेको हो ।
वडा नं. १ को जितका लागि जर्सी नम्बर १० का सन्दिप मल्ल एक्लैले २ गोल गरे । वडा नं. १ सँग पराजित भएसँगै क्वाटरफाइनलबाट बाहिरिएको १७ रातोका जर्सी नंं १७ का सन्दिप तामाङले १ गोल गरे ।
हाफअघिको २८ औं मिनेटमा खेलकै पहिलो गोल गरेर खाता खोलेको १७ रातोले आफ्नो अग्रतालाई जोगाउन सकेन । पहिलो गोल भएको २ मिनेटपछि ३० औ मिनेटमा वडा नं. १ का सन्दिप मल्लले गोल गर्दै अंक वरावरी गराए । हाफपछिको १८ औं मिनेटमा फेरी मल्लले गरेको दोस्रो गोल जितका लागि निर्णायक बन्यो ।
पहिलो क्वाटर फाइनलको म्यान अफ द म्याच वडा न. १ कै सन्दिप मल्ल भए । मंगलबार दोस्रो क्वाटरफाइनल प्रतिस्पर्धा देवचुली १० र देवचुली १६ वीच हुने तालिका छ ।
देवचुली ११ पृथ्वीनगरको पृथ्वी समाज सेवा क्लवले आयोजना गरेको प्रतियोगिता सूर्य किरण खेल मैदानमा पुस १ गतेदेखि चलिरहेको छ । क्लवको ३१ औं वार्षिकोत्सवको अवसर पारेर स्वर्गीय रामबीर पुलामीको स्मृतिमा आयोजित प्रतियोगिता पुस १५ सम्म चल्नेछ ।
नाइन ए साइड प्रतियोगितामा प्रथम पुरस्कार नगद ६१ हजार १ सय ११ रुपैयाँ र दोस्रो पुरस्कार नगद ३५ हजार ५ सय ५५ रुपैयाँँ सहित मेडल, ट्रफी र प्रमाणपत्र रहेको छ । प्रतियोगिताका उत्कृष्ट खेलाडी, सर्वोत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्तालाई पनि पुरस्कारको व्यवस्था रहेको छ ।

भिडियो लिङ्क समाचार यहाँ छ । https://fb.watch/wFRL4mj_5q/

प्रतिक्रिया
सम्बन्धित समाचार थप