देवचुलीका होटल ब्यवसायीले शनिबार नगरपालिकाबाट बाजा सहितको शोभायात्रा गर्ने

0 Shares

खगेन्द्र पराजुली,
पुस १२, देवचुली । देवचुली होटल ब्यवसाय संघको पाँचौ वार्षिक साधारणसभा नारायणी किनारमा हुने भएको छ । पुस १३ गते शनिवार संघको साधारण सभा देवचुली १ केउरेनीस्थित दिब्यधाममा रहेको दिब्य मध्यवर्ती सामुदायिक बनले प्रवद्र्धन गरेको दिब्य पिकनिकस्थलमा हुने देवचुली होटल ब्यवसाय संघका सचिव खुमलाल भुर्तेलले जानकारी दिए ।


देवचुलीको पर्यटन र साँस्कृतिक पक्षसँग होटल ब्यवसायलाई सँगसँगै लैजाने उदेश्यले लोक सँस्कृतिको विधा पञ्चेवाजा सहितको शोभायात्रा समेत निकालिने सचिव भुर्तेलले बताए ।
संघका महत्वपूर्ण भेला, बैठक, अन्तरक्रिया, तालिम गोष्ठीहरु गर्दा देवचुलीका प्रस्तावित पर्यटकीय क्षेत्रहरुमा घुम्ती कार्यक्रम गर्ने गरेको संघका अध्यक्ष लक्ष्मण चापागाईले स्पष्ट पारे । यस्ता खालका कार्यक्रम गर्ने क्रममा पर्यटकीय गन्तब्ब्य छान्दा त्यस ठाउँको पर्यटकीय क्षेत्रको प्रचार–प्रसारमा टेवा पुग्ने अपेक्षाका साथ नारायणी किनारमा साधारणसभा गर्न लागिएको चापागाईले बताए ।

https://www.facebook.com/share/v/1EN34n4hGU/?mibextid=oFDknk
संघले देवचुली ६ को कुमसोत, किर्तिपुर, १२ को शान्तिपार्क, १७ को पिप्रहर, दलदले, शास्वतधाम लगायतका स्थानहरुमा विभिन्न खालका कार्यक्रहरु गरेको वरिष्ठ उपाध्यक्ष भोजराज ज्ञवालीले बताए ।
पुस १३ गते शनिबार बिहान १० बजे देवचुली नगरपालिका परिसरमा भेला भएर पञ्चेबाजा र साँस्कृतिक झाँकी सहितको शोभायात्रा दलदले बजारसम्म पैदल हिड्ने कार्यतालिका रहेको ज्ञवालीले बताए ।

https://www.facebook.com/share/v/19cKFj7hiH/?mibextid=oFDknk

प्रतिक्रिया
सम्बन्धित समाचार थप