देवचुलीका सगुन बने ब्याडमिण्टनका २ विधामा जिल्ला च्याम्पियन

0 Shares

खगेन्द्र पराजुली,
पुस १४, नवलपुर । देवचुली ४ झाक्रेका सगुन गुरुङ जिल्लास्तरीय ब्याडमिण्टन प्रतियोगिताका दुई विधामा च्याम्पियन बनेका छन् । कावासोतीस्थित योङस्टार कभर्ड हलमा भएको तिन दिवसीय प्रतियोगितामा जुनियर र सिनियर पुरुषतर्फको सिंगल इभेण्टमा झाक्रेका सगुन च्याम्पियन भएका देवचुली खेलकुद समितिका सदस्य चिरन पाण्डेले जानकारी दिए ।
सगुन १८ वर्षमुनिको पुरुष सिंगल र सिनियर दुवै विधामा च्याम्पियन बनेका हुन् । यस्तै, सिनियरतर्फकै प्रतिस्पर्धामा देवचुली १ केउरेनीका कुलबहादुर जर्घा मगर तेस्रो भए । पुरुष महिलाका छुट्टाछुट्टै प्रतिस्पर्धामा देवचुलीकै अनिता तामाङ र जस्मीन तामाङ १८ वर्षमुनिको महिलातर्फ क्रमशः दोस्रो र तेस्रो भए । अनिता र जस्मीन वडा नं. १७ फारमका हुन् ।
योङस्टार युवा क्लवको आयोजनामा पुस ९ देखि ११ गतेसम्म कावासोतीमा जिल्लास्तरीय ब्याडमिण्टन प्रतियोगिता भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार थप