शास्वतधाममा स्वस्थानी

0 Shares

खगेन्द्र पराजुली, माघ ३, नवलपुर ।

शास्वतधाममा एक महिने श्रीस्वस्थानी कथा प्रवचन चलेको छ। सोमबारदेखि प्रारम्भ भएको श्री स्वस्थानी व्रतमा कथा श्रवण गर्दा राम्रो हुन्छ भन्ने मान्यता रही आएको स्वस्थानी कथा प्रवचन चलेको हो ।

यहाँ अध्ययन-अध्यापन गर्ने संस्कृत विद्यापीठका गुरु-चेलाहरूको वाचकत्वमा विधिपूर्वक कथा-प्रवचन भइरहेको शास्वतधामका कार्यक्रम संयोजक घनश्याम चालिसेले जानकारी दिए ।

उनले कथा श्रवणका लागि सर्वसाधारण, धर्मानुरागी व्रतालु वा शास्वतधाम दर्शन गर्न आउने जोकोही दर्शनार्थीका लागि खुला गरिएको वताए ।

शास्वत‌धामको विशेषता नै धर्मानुरागी दर्शनार्थीको आस्थाको केन्द्र रहेकाले धर्म संस्कृतिसँग जोडिएका तिथि मिति, विशेष दिन पारेर गतिविधिहरू गरिने तालिका अनुसारका कार्यक्रमहरू गरिने गरेको चालिसेले स्पष्ट पारे ।

चालिसेले श्री स्वस्थानी व्रत अवधिको उत्तरार्धमा पर्ने श्रीपञ्चमीको शुभ साइत पारेर शास्वतधामले निशुल्क सामुहिक वर्तवन्ध जस्तो पुण्य कार्य गर्ने पनि वताएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार थप