नारायणी किनारमा युवाः नदी किनार गरे सरसफाइ

0 Shares

माघ ७, गैंडाकोट ।  वे ग्रुप अफ नवलपुरले गैंडाकोटपट्टि नारायणी किनार सरसफाई गरेको छ । धार्मिक र पर्यावरणीय सभ्यतासँग जोडिएको पवित्र नारायणी नदीको संरक्षणमा युवाहरुको सक्रियतालाई आत्मसात गर्दै शनिवारीय श्रृंखला अनुरुप नदी किनार सरसफाई गरेको हो ।

गैंडाकोट नगरपालिका वडा नं. २ मा पर्ने नदी किनारमा फ्याकिएका फोहोरजन्य बस्तुहरु संकलन र उचित ब्यवस्थापन गरिएको वे ग्रुप नवलपुरका अध्यक्ष अमृत पौडेलले जानकारी दिए ।

इलाका प्रहरी कार्यालयका प्रहरी, गैंडाकोट नगर प्रहरीका प्रतिनिधि, नारायणी टोल बिकास संस्थाका प्रतिनिधि, वडा नं. २ का जनप्रतिनिधि समेतको सहभागितामा नियमित कार्यक्रम अन्तर्गत दोस्रो श्रृंखलाको सरसफाई गरिएको ग्रुपका अध्यक्ष पौडेलले वताए ।

युवाहरुको सक्रियतामा भएको रचनात्मक कार्यले समाजमा सकारात्मक सन्देश प्रवाह गर्नुका साथै युवाहरुलाई पनि सामाजिक भावनामा लाग्न प्रेरित गर्ने प्रतिक्रिया दिएका वडा नं. २ का अध्यक्ष प्रकाश सापकोटाले वडाले आवश्यक सहयोग समन्वयमा सघाउने बाचा गरेका छन् ।

विगत ४-५ वर्षदेखि विभिन्न अवसरमा सार्वजनिक स्थलहरुमा सरसफाइ कार्य गरेको तर समन्वय-सहकार्यको तालमेल नमिल्दा नियमितता दिन समस्या भएको थियो ।

माघे संक्रान्तिमा नारायणी स्नान गर्न आउने श्रद्धालुहरुको सहजताका लागि पुसको अन्तिम शनिबार पहिलो श्रृखलाका रुपमा नदी किनार सरसफाइमा जुटेको वे ग्रुपले दोस्रो श्रृंखलाको सरसफाई गरेसँगै यसलाई अभियानकै रुपमा निरन्तरता दिइने जनाएको छ ।

Ad

प्रतिक्रिया
सम्बन्धित समाचार थप