भिएक्सएल कावासोतीले माघ १२ गते शनिवार वृहत शैक्षिक सेमिनार गर्ने

0 Shares

माघ १०, नवलपुर ।  कावासोती थानाचोकमा रहेको भिएक्सएल एजुकेशन एण्ड माइग्रेसनले शनिवार वृहत र निशुल्क शैक्षिक सेमिनार गर्ने भएको छ। भिएक्सएलले संस्थाको कार्यालयमा विद्यार्थीका लागि अत्यन्त उपयोगी एक दिवसीय सेमिनार गर्ने शैक्षिक संस्थाका कार्यकारी निर्देशक राजेश खरेलले वताएका छन् ।

सेमिनारमा विदेशका उत्कृष्ट र प्रसिद्ध युनिभर्सिटी तथा कलेजका प्रतिनिधिसँग विद्यार्थीले प्रत्यक्ष शैक्षिक परामर्श, स्पट एड्‌मीसन, क्यारियर काउन्सिलिङ, स्कलरसिपका सूचक, मापद‌ण्ड र प्रक्रियाका विषय र जिज्ञासाका वारेमा वान टु वान परामर्शको अवसर प्राप्त गर्नेछन् ।

शनिवारको सेमिनारमा भाग लिने विद्यार्थीहरूका लागि विभिन्न सुविधा सहितका लाभदायी अवसरको मौका रहेको पनि भिएक्सएल व्यवस्थापनले जनाएको छ ।
भिएक्सएल कावासोतीले सेमिनारमा भाग लिने विद्यार्थीहरुका लागि आइएलटिएस, पिटिई जस्ता भाषा कक्षा शुल्कमा ५० प्रतिसत छुट, गिफ्ट ह्याम्पर, भिषा प्राप्त गर्ने विद्यार्थीले नगद क्यासब्याक, युकेका लागि भाषा तयारी कक्षा निशुल्क. लगायतका सुवर्ण अवसर प्राप्त गर्ने कार्यकारी निर्देशक खरेलले वताए।

आइटी, विजनेस, हेल्थ, इन्जिनियरिङ, होटल मेनेजमेन्ट अध्ययन गर्न चाहने विद्यार्थीहरुका लागि एक दिवसीय सेमिनार कोशेढुंगा हुने विश्वास ब्यक्त गरेका खरेलले अष्ट्रे‌लियामा होटल मेनेजमेण्ट अध्ययन गर्न चाहनेका लागि आवासीय रुपमै खाने, वस्ने र काम पनि गर्न पाउने सुनौलो अवसर रहेको बताए ।
होटल मेनेजमेण्टमा प्लस टु गरेका विद्यार्थीका लागि अष्ट्रे‌लियाको टोरेन्स युनिभर्सिटीका अन्तर्गतको ब्लु माउण्टेन इन्टरनेशनल होटल मेनेजमेण्ट स्कूलमा ब्याचलर अफ होटल मैनेजमेण्ट अध्ययन संगसँगै युनि-भर्सिटीमै खाने वस्ने सुविधा र कामको अवसर प्राप्त गर्न सकिने भिएक्सएल कावासोती का कार्यकारी निर्देशक राजेश खरेलले जानकारी दिएका छन् ।

कावासोतीको थानाचोकस्थित जिल्ला प्रहरी कार्यालयको पश्चिमपट्टि एटुजेड मोवाइल र ग्यालेक्सी सपको आडैमा रहेको भिएक्सएल शाखा कावासोतीमा हुने सेमिनारमा सहभागी भएर आफ्नो वैदेशिक अध्ययनको लागि उपयुक्त देश, कलेज, विश्वविद्यालयसँग सम्बन्धित जिज्ञासा, परामर्श र सेवाको लाभ उठाउन पनि खरेलले आग्रह गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार थप