एचपिभी खोप: देवचुलीका २७६० किशोरी लाभान्वित हुने अनुमान

0 Shares

 माघ १३, देवचुली ।  महिलाको पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप एचचिगी खोप अभियान लक्षित देक्चुली नगरपालिका स्तरीय अभिमुखीकरण भएको छ।

नगर कार्यपालिका, स्थानीय सञ्चारकर्मी लक्षित अभिमुखीकरणमा स्वास्थ्य शाखा देवचुलीले गरेका सर्वेक्षण व्यवस्थापन प्रचारप्रसारका विषयमा चचर्चा गरिएको छ ।

नगर स्वास्थ्य समितिका अध्यक्ष समेत रहेका नगर प्रमुख हरिप्रसाद न्यौपानेको अध्यक्षतामा भएको अभिमुखीकरणमा एचपिभी खोपको उपयोगिता र नेपालमा महिलाको पाठेघरको मुखको क्यान्सर रोगको स्थिति, चुनौतीका वारेमा स्वास्थ्य शाखा देवचुलीका प्रमुख रामकुमार श्रेष्ठले प्रस्तुतीकरण राखेका थिए।

स्वास्थ्य शाखाका सिअहेव तथा खोप फोकल पर्सन पिताम्बर भुर्तेलले अभियान लक्षित पूर्व तयारीका वारेमा जानकारी गराए ।

विद्यालय र स्वास्थ्य संस्था गरी कुल ४० खोप केन्द्र मार्फत अभियान सञ्चालन गरिने तयारी भएको स्वास्थ्य शाखा देवचुलीले जनाएको छ ।

कक्षा ६ देखी १० सम्म पढ्‌ने किशोरी र विद्यालय पहुंचमा नरहेका ११ देखी १४ वर्ष उमेरका किशेरीलाई निशुल्क प्रदान गरिने एच पिभी खोप कार्यक्रममा २ हजार ७ सय ६० जना लाभान्वित हुने स्वास्थ्य शाखा देवचुलीले सर्वेक्षण-प्रतिवेदन बनाएको छ ।

विद्यालयबाट प्रवाह हुने सेवामा सतप्रतिसत किशोरीहरू लाभान्वित हुने अपेक्षा गरिएको वताएका खोप फोकल पर्सन पिताम्बर भुर्तेलले विद्यालय पहुँच बाहिरका किशोरीलाई अभियान मार्फत लाभान्वित पार्न सम्बन्धित वडाका जनप्रतिनिधि, टोल विकास समिति, महिला स्वास्थ्य स्वयंसेविका, खोप कार्यकर्ता, स्वास्थ्यकर्मीले सुक्ष्म – खोजपडताल र प्रभावकारी सूचना प्रवाहगर्न अनुरोध गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार थप