सकियो गैंडाकोटको ७ दिवसीय निशुल्क उर्जा ध्यान शिविर

0 Shares

मित्र खरेल, माघ १५, गैंडाकोट ।
गैंडाकोट १६ मा सञ्चालित ७ दिवसीय निशुल्क उर्जा ध्यान शिविर सम्पन्न भएको छ । गैंडाकोट नगरपालिका वडा नं १४ देखि १७ को संयुक्त आयोजना र जीवन विज्ञान परिषद नवलपुर र गैंडाकोटको सहकार्यमा वडा नं १६ को राममन्दिरमा आयोजित शिविर सोमबार सकिएको हो ।
उर्जा ध्यान शिविरमा उत्साहजनक सहभागिता र सकारात्मक सन्देश प्रवाह भएको महसुस गरेका वक्ताहरुले कार्यक्रमको निरन्तरताको अपेक्षा, प्रतिवद्धता ब्यक्त गरेका छन् ।
शिविरबाट लाभान्वित जनताका अपेक्षामा धारणा राखेका वडा नं. १६ का अध्यक्ष बिनोद मल्लले मानसिक र शारिरीक स्वास्थ्यमा प्रभावकारी शिविरको निरन्तरताका लागि पनि वडाले अझ ब्यापक रुपमा कार्ययोजना बनाउने भनाई राखे ।
योग र ध्यानको माध्यमबाटै आफूले विभिन्न प्रकारका रोगबाट छुटकारा पाएको बताएकी वडा नं १४ का अध्यक्ष कोकीसारा रानाले हरेक मानिसका लागि योग र ध्यान आवश्यक रहेको बताइन् ।
वडा नं १५ का अध्यक्ष प्रेम तिमिल्सिनाले सुखी, खुशी र निरोगी जीवन जिउनका लागि योग र ध्यान अपरिहार्य भएकोले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई वडाले प्राथमिकता दिने बताए ।
वडा नं १७ का अध्यक्ष गोपी कँडेलले जीवन विज्ञानको नियमित प्रयोगशाला सञ्चालन गर्न पुर्वाधार संरचनालाई प्राथमिकता दिईने आश्वासन दिए ।
ऊर्जा ध्यान अभियानका स्थानीय अगुवा र सहभागीहरुले जीवन विज्ञानको नियमित प्रयोगशालाको ब्यवस्था गर्न वडा अध्यक्षहरुलाई आग्रह गरेका थिए ।
कार्यक्रममा जीवन विज्ञान परिषद् नवलपुरका संयोजक नवराज सुवेदीले जीवन विज्ञानको नियमित ऊर्जा ध्यान बिधि अभ्यास गराएका थिए ।
कार्यक्रममा जीवन विज्ञान गैंडाकोट नगरका संयोजक भावना रिजाल, जीवन विज्ञान देवचुलीका सचिव कृष्ण कँडेल, ऊर्जा ध्यान शिविरका संयोजक तथा व्यवस्थापक कुलराज सुवेदी, स्वजागरण अभियन्ता सन्देश खरेल लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार थप