राहत शिक्षक नवलपुरको अध्यक्षमा भीमबहादुर

0 Shares

खगेन्द्र पराजुली, माघ २२, नवलपुर ।  राहत शिक्षक नवलपुरको अध्यक्षमा भीमबहादुर रिजाल चयन भएका छन् । कावासोतीमा सोमबार सम्पन्न छैटौं अधिवेशनले रिजालको अध्यक्षमा १६ सदस्यीय जिल्ला कार्य समिति चयन गरेको हो । अधिवेशनले रामचन्द्र दाहालको संयोजकत्वमा ३ सदस्यीय सल्लाहकार समिति पनि बनाएको छ ।
ज्ञानोदय माविमा भएको उद्घाटन सत्र लगत्तै चलेको बन्दसत्रले उपाध्यक्ष २ पदमा किरमिला पन्थी र सविना कुमारी कुमाललाई चयन गरेको छ भने सचिवमा लेखराज पोख्रेल, कोषाध्यक्षमा हरिप्रसाद पाण्डे, सहसचिवमा बोधराज सिग्देल र सहकोषाध्यक्षमा युवराज चापागाईलाई चयन गरेको निर्वाचन समितिले जनाएको छ ।
यस्तै, राहत शिक्षक नवलपुरको जिल्ला कार्य समिति सदस्यहरुमा बिन्दा बोहोरा, बमबहादुर सारु, हिर महतो, यज्ञप्रसाद पाण्डे, रुमा महतो, सन्दिप गुप्ता, दुर्गाबहादुर सोती शम्भुप्रसाद शाह र शंकरप्रसाद पाण्डे सर्वसम्मत निर्वाचित भएका निर्वाचन संयोजक कृष्णप्रसाद तिवारीले जानकारी दिए ।
अधिवेशनले रामचन्द्र दाहालको संयोजकत्वमा ख्यामानन्द बस्याल र लक्ष्मीदेबी पौडेल सदस्य रहेको ३ सदस्यीय सल्लाहकार समिति पनि निर्वाचित गरेको तिवारीले बताए ।
०६३ सालदेखि राहतमा शिक्षा सेवा क्षेत्रमा प्रवेश गरेका शिक्षकहरुले पेशागत हकहित र स्थायित्वका निम्ति आवाज बुलन्द गर्न संगठित संस्था बनाएका हुन् ।
उमेर हदका कारण खुल्ला प्रतिस्पर्धाबाट बञ्चित पारिएको र आन्तरिक प्रतिस्पर्धाबाट समेत राहत शिक्षकलाई स्थायित्व प्रदान नगरेका कारण करीव ४० हजार राहत शिक्षकको भविष्य अन्यौलमा रहेको उनीहरुको गुनासो छ ।
नवलपुरमा अहिले पनि ५ सय ६५ जना राहत शिक्षक छन् । केन्द्र, प्रदेश जिल्ला र पालिका तहसम्म नै संगठित भएर राहत शिक्षकले पेशागत स्थायित्वका लागि बेला–बेलामा माग सहित संघर्ष गर्ने गरेका छन् ।

भिढियो समाचार लिंक तल राखिएको छ ।

https://www.youtube.com/watch?v=IzBYDdZKjrM&t=23s

प्रतिक्रिया
सम्बन्धित समाचार थप