चौथो देवचुली मेयर कप फारममा

0 Shares

खगेन्द्र पराजुली, माघ २४, देवचुली । यसवर्षको देवचुली मेयर कप रजहरको फारममा हुने भएको छ । १ लाख ५५ हजार रुपैंया प्रथम पुरस्कार राशीको चौथो मेयर कप देवचुली नगरपालिका वडा नं. १७ फारममा हुने देवचुली नगरपालिका युवा तथा खेलकुद समितिले जनाएको छ ।
फागुन १० गतेबाट बरचुली माविको खेल मैदानमा हुने फुटबल प्रतियोगिताको आयोजक नगरस्तरीय खेलकुद बिकास समिति रहेपनि देवचुली १७ को फारम खेलकुद बिकास समिति सह–आयोजकका रुपमा रहेको छ ।
मेयर कप हुने निश्चित भए लगत्तै सहआयोजक फारम खेलकुद बिकास समितिले प्रतियोगिता सञ्चालन सम्वन्धि प्रारम्भिक तयारी सुरु गरिसकेको छ ।
सह आयोजक संस्थाले प्रतियोगितात्मक खेललाई ब्यवस्थित, मर्यादित ढंगले सञ्चालन गर्ने उदेश्यले विभिन्न उपसमिति बनाएर टीम दर्ताका लागि आह्वान पनि गरेको छ ।
जसअनुसार प्रतियोगितामा भाग लिन फागुन ७ गतेभित्र टीम दर्ता गर्न सकिने जनाईएको छ । टीम दर्ता शुल्क १० हजार तोकिएको छ ।
प्रथम १ लाख ५५ हजार, द्वितीय ८१ हजार र सेमीफाइनलमा पुग्ने दुई टीमलाई जनही २०–२० हजार नगद पुरस्कारको ब्यवस्था रहेको जनाएको प्रतियोगिता ब्यवस्थापनले प्रत्येक म्याचका उत्कृष्ट खेलाडी र खेल अवधिभर उत्कृष्ट प्रदर्शन गर्ने गोलरक्षक र सर्वाधिक गोलकर्तालाई सम्मान सहित पुरस्कृत गरिने जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार थप