आज शनिवार श्याम राना डण्डामा

0 Shares

माघ २६, नवलपुर ।

लोकप्रिय गायक श्याम राना मगर आज शनिवार डण्डा आउने भएका छन् । आठी नवलपुर महोत्सवको दोस्रो दिन आज दोहोरी गायक श्याम राना सहित रिता थापा मगर, वर्षा पाण्डे र डान्सरहरु श्रृष्टि पौडेल सृजना परियार अतिथि कलाकारको उपस्थिति रहने कलाकार तथा साँस्कृतिक व्यवस्थापन उपस‌मितिका संयोजक डाँसुराज पोखेलले जानकारी दिए ।

स्थानीय प्रतिभा पहिचान र प्रोत्साहन हेतु प्रतिस्पर्धात्मक नवलपुर डान्स आइडल प्रतियोगिता आजदेखि सुरु हुने पोखेलले बताएका छन् ।

आज गण्डकी प्रदेशका उद्योग पर्यटनमन्त्री मित्रलाल बस्‌यालले प्रमुख अतिथिका रुपमा महोत्सवमा सम्बोधन गर्ने तालिका रहेको नवलपुर उद्योग वाणिज्य संघका महासचिव प्रचार संयोजक सागर पोखेलले जानकारी दिए।

 

प्रतिक्रिया
सम्बन्धित समाचार थप