खगेन्द्र पराजुली, माघ २६, नवलपुर । गण्डकी प्रदेश सरकारका उद्योग तथा पर्यटनमन्त्री मित्रलाल वस्यालले नवलपुर जिल्लालाई प्रदेशले विशेष जिल्लाका रुपमा हेरेको वताएका छन् ।
शनिबार आठौं नवलपुर महोत्सवमा प्रमुख अतिथिका रूपमा उपस्थित भई बोलेका मन्त्री बस्यालले प्रदेशको ढुकुटीमा नवलपुरले पुर्याएको राजश्वको अनुपातलाई मूल्यांकन गरी वजेट बाँडफाँटमा पनि विशेष ग्राह्यता दिनुपर्ने पक्षमा आफू रहेको बताएका हुन् ।
नवलपुरलाई पोखरासँग जोड्न र कोरला त्रिवेणी सडक खोल्ने प्रयत्नमा प्रदेश सरकार लागिरहेको वताएका मन्त्री वस्यालले एक-दुईवटा मुख्य समस्या समाधान गर्दा नवलपुरले अझ ठूलो फड्को मार्न सक्नेमा आफू विश्वस्त रहेको वताए ।
पहिलो सत्रको औपचारिक मञ्चीय समारोह लगतै राष्ट्रिय तथा स्थानीय कलाकारले मनोरञ्जन दिलाएका थिए भने नवलपुर डान्स आइडलका प्रतिस्पर्धीले नृत्य प्रदर्शन गरेका थिए।
कलाकार श्याम राना मगर रिता थापा, वर्षा ‘पाण्डे, डान्सर सृष्टि पौडेल,, सृजना परियार अतिथि कलाकारले दर्शकलाई सांगितिक साँस्कृतिक माहोलमा मनोरञ्जन दिलाएका थिए ।
महोत्सवको तेस्रो दिन आइतवार साँस्कृतिक प्रस्तुति प्रस्तुत गर्न कलाकारहरू शिरिष देवकोटा, उमादेवी खनाल, कृष्ण गैरे मञ्च उक्लने साँस्कृतिक उपसमिति संयोजक डॉसुराज पोखेलले जानकारी दिए ।
आईतवार शनिवारदेखि सुरु भएको डान्स आइडलका प्रस्तुति र स्थानीय साँस्कृतिक प्रस्तुतिहरू पनि रहने पोख्रेलले वताएका छन् ।
शुक्रवारदेखि कावासोती- १६ डन्डास्थित अंकुर सामुदायिक वन क्षेत्रमा सञ्चालित महोत्सव फागुन १० गतेसम्म चल्नेछ।