खगेन्द्र पराजुली, माघ १७, देवचुली । देवचुलीमा अभिभावक शिक्षा कार्यक्रम जनज्योति नमूना माविमा भएको छ ।
सोमवार भएको एकदिवशीय कार्यक्रममा अभिभावक सचेतना, बालवालिकाका मनोविज्ञान अभिभावकको चाहना र परिवर्तन गर्नुपर्ने पक्षलाई समेटेर प्रशिक्षकले सहजीकरण गरेका थिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण प्रसाद तिवारीको अध्यक्षता तथा नगर शिक्षा समितिका अध्यक्ष समेत रहेका नगर-प्रमुख हरि प्रसाद न्यौपानेको प्रमुख आतिथ्यता रहेको थियो।
हरेक वर्ष विद्यार्थीलाई छात्रवृत्तिमा समेटिएको वताएका नगर प्रमुख न्यौपानेले विद्यार्थीलाई व्यवहारिक सीपमूलक, सिर्जनात्मक क्षेत्रमा प्रेरित गर्न विद्यार्थी सीप मेला अनुकरणीय भाएको दावी गरे ।
नगर प्रमुखसँग – विद्यार्थी साक्षात्कार कार्यक्रम शुरु गरेको वताएका उनले अभिभावक शिक्षा मार्फत शैक्षिक गुणस्तर सुधारमा मदत पुग्ने विश्वास लिएका छन् ।
नगरभित्रको शिक्षा प्रणालीलाई प्रभावकारी र आकर्षणयोग्य वनाउने लक्ष्यका साथ लागिपरेको जिकिर गरेका नगरप्रमुख न्यौपानेले आवश्यकता अनुसारको भौतिक पूर्वाधार सुधार पुस्तकालय, विज्ञान प्रयोगशाला कम्प्यूटर ल्याव, खेलकुद, वौद्धिक, कलात्मक, सिर्जनात्मक, शरिरिक क्रियाकलापका कार्यक्रम गरिरहेको बताए ।
विद्यालयका प्रधानाध्यापक श्रीधर सवालीको स्वागत मन्तब्य रहेको औपचारिक समारोहमा वडा नं. १४ का अध्यक्ष गोपाल थापा शिक्षा शाखा देवचुलीका प्रमुख रामप्रसाद शर्माले शुभ-कामना सन्देश ब्यक्त गरेका थिए । बिद्यालयका शिक्षक घनश्याम भुसालको सञ्चालनमा भएको कार्यक्रम उद्घाटन सत्र लगत्तै प्रशिक्षक मध्येका हुमाकान्त पराजुलीले अभिभावक शिक्षाको औचित्य, उद्देश्य र विषयवस्तुका बारेमा प्रस्तुति राखेका थिए ।
कान्तिपुर चाइल्ड डेभलपमेन्ट कमिटिका निर्देशक भिष्ममणी पाण्डेले अभिभावकलाई अभिमुखीकरण गराएका थिए ।
विद्यालयका शिक्षक अभिभावक संघका अध्यक्ष अञ्जु घिमिरे सहित करिब डेढ सय अभिभावकको उपस्थिति रहेको कार्यक्रममा प्रशिक्षक पाण्डेले अभिमुखीकरणका साथसाथै प्रतिनिधिमूलक अभिभावकसँग वालबालिकाका स्वभाव बुझ्ने र परामर्श समेत दिएका थिए ।