0
Shares
माघ २७, नवलपुर ।
नवलपुरमा भोलि सोमबारदेखि राष्ट्रिय स्तरको लोक दोहोरी प्रतियोगिता शुरु हुने भएको छ।
१६ टीमको सहभागीता रहेको प्रतियोगितामा १ लाख रुपैया राशीको प्रथम पुरस्कार राखिएको साँस्कृतिक संयोजक डाँसुराज पोखेलले जानकारी दिए ।
प्रतियोगितामा दोस्रो तेस्रो र सान्त्वना पुरस्कारको व्यवस्था रहेको छ । दोहोरीमा दोडो ४० हजार, तेस्रो २० हजार र सान्त्वना १० हजार ऊपैया पुरस्कार रहेको छ ।
नवलपुर महोत्सवमा राष्ट्रिय स्तरकै ठूलै पुरस्कार राशीको प्रतियोगिताले नेपाली लोक, कला, संस्कृतिको प्रवर्द्धन र कलाकारको प्रोत्साहनमा टेवा पुऱ्याउने उद्देश्य राखिएको आयोजन को दावी छ ।