नवलपुर महोत्सवः आजदेखि दोहोरी र रत्यौली

0 Shares

माघ २८, नवलपुर ।

आठौं नवलपुर महोत्सवको चौथो दिन सोमबारको साँस्कृतिक मञ्चमा कलाकारहरु उमादेवी खनाल, सम्झना भण्डारी र संजिबसिह राना आउनेछन् ।

नवलपुर उद्योग वाणिज्य संघको आयोजनामा कावासोती १६ डण्डास्थित अंकुर आदर्श सामुदायिक बन क्षेत्रको मैदानमा फागुन १० गतेसम्म चल्ने महोत्सवमा सोमबारदेखि नै राष्ट्रिय स्तरको खुल्ला लोक दोहोरी र जिल्लास्तरीय रत्यौली प्रतियोगिता सञ्चालन हुने पनि आयोजकले जनाएको छ ।

दोहोरी प्रतियोगितामा १६ टीमको सहभागिता रहेको छ भने रत्यौलीतर्फ ९ टीम दर्ता भएका साँस्कृतिक संयोजक डाँसुराज पोखेलले जनाएका छन् ।

सोमबार दोहोरीतर्फ राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठानको समूह र दोहोरी गायक राजकुमार रसाइली र संझना बिकबीचको प्रतिस्पर्धा रहनेछ । यस्तै, रत्यौलीतर्फ कावासोती १६ को प्रगतिशील नाचगान समूहको रत्यौली प्रस्तुति रहनेछ ।

प्रत्येक दिन दोहोरीतर्फ एउटा र रत्यौलीतर्फ पनि एउटा प्रतियोगितात्मक प्रस्तुति रहने संयोजक पोखेलले बताए ।

साँस्कृतिक गतिविधितर्फ नवलपुर आइडलको प्रतियोगितात्मक प्रस्तुतिका साथै चर्चित कलाकार, डान्सर र स्थानीय साँस्कृतिक प्रस्तुतिहरु समेत समेट्नुपर्ने भएकाले दिनको साढे १२ बजेदेखि नै कार्यक्रम सुरु गरिने आयोजक संघका महासचिव सागर पोखेलले जनाएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार थप