नवलपुर महोत्सवः वृतचित्र प्रतियोगितामा मध्यविन्दु क्याम्पसका सुलभ प्रथम

0 Shares

माघ ३०, नवलपुर । मध्यविन्दु क्याम्पसका सुलभ चापागाई बृत्तचित्र प्रतियोगितामा प्रथम भएका छन् । आठौं नवलपुर महोत्सवमा भएको वृतचित्र प्रतियोगितामा मध्यविन्दु बहुमुखी क्याम्पसका सुलभ चापागाईं प्रथम भएका हुन् ।
प्रतियोगिताको दोस्रो स्थानमा लर्डबुद्ध एकेडेमी कावासोती –३, का रुथ शर्मा, तृतिय स्थानमा शान्ति निकुञ्जका दिपेश बोहोराको समूह र सान्त्वना पुरस्कार पनि शान्ति निकुञ्जकै दिपेश क्षेत्रीको समूहले हात पारेको छ ।
प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेलाई क्रमशः रु २० हजार, १५ हजार, १० हजार र ५ हजार पुरस्कार राशी राखिएको श्रष्टा सम्मान तथा अतिरिक्त क्रियाकलाप विभाग प्रमुख अर्जुन अविरलले जानकारी दिए ।
उधमशिलता र रोजगार विषयक नवलपुर जिल्ला स्तरीय अन्तर माध्यमिक विद्यालय वृत्तचित्र प्रतियोगिताको संयोजन कावासोती नगरपालिका शिक्षा शाखाले गरेको थियो ।
अन्तिम छनोट भएका ५ विद्यालयका विद्यार्थीहरूले महोत्सव स्थलकै मञ्चमा रहेको डिजिटल बोर्डमा प्रस्तुती देखाएका थिए ।
प्रतियोगिताका विजेता विद्यार्थीलाई महोत्सव समापन समारोहमा तोकिएको पुरस्कार र प्रमाणपत्र प्रदान गरिने पनि अर्जुन अविरलले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार थप