दिव्यधाममा ज्येष्ठ नागरिक सभाहल शिलान्यास

0 Shares

खगेन्द्र पराजुली, फागुन ९, देवचुली । दिब्य धाम धार्मिक क्षेत्र परिसरमा ज्येष्ठ नागरिक सभाहल बन्ने भएको छ। गण्डकी प्रदेश सरकारको नारायणी दिब्यधाम भौतिक पुर्वाधारतर्फको वजेट शिर्षकमा वन्ने सभा हलको विहिवार देवचुली – १ का वडाअध्यक्ष कृष्ण वहादुर केसीले शिलान्यास गरे ।

वैदिक विधि अनुरूप भूमिपूजन गरी गरिएको शिलान्यास कार्यमा दिव्यधाम धार्मिक क्षेत्र व्यवस्थापन तर्फका संस्थापक अध्यक्ष तिल प्रसाद पाठक, व्यवस्थापन निर्माण समितिका पदाधिकारी प्रतिनिधि, धाम निर्माणमा सह‌योग पुयाउनुहुने चन्दादाता-सल्लाहकार समाजसेवी, बडा नं. ३ का वडाअध्यक्ष होमनाथ पौडेल लगायतको उपस्थिति रहेको थियो।

शिलान्यास कार्यलाई सहजीकरण गरेका नारायणी दिब्यधाम धार्मिक क्षेत्र व्यस्थापन समितिका सचिव भेषराज न्यौपानेका अनुसार गण्डकी प्रदेश उद्योग तथा पर्यटन मन्त्रालयको विनियोजित १० लाख बजेटमा सभाहल वन्नेछ ।

मन्त्रालयकै प्राविधिक-आर्थिक इष्टिमेटमा दिव्यधाम अन्तर्गतकै निर्माण समितिले सभाहल निर्माण सम्पन्न गर्नेछ।

जगसहित भूई ढलान र टिनको ट्रष्टमा वन्ने चौडाई ३२ फिट र लम्वाई ८२ फिटको सभाहल ज्येष्ठ नागरिकको भक्ति स्वभावमार्फत आनन्द प्रदान गर्ने थलोको रुपमा स्थापित गर्न लागिएको दिव्यधामका सचिव न्यौपाने वताउँछन् ।

सभाहलको संरचना निर्माण भएपनि आधारभूत आवश्यकता शौचालय, स्नानगृह, भण्डार गृह, कुर्सी, म्याट, कार्पेट, गलैचा लगायतका फर्निचर-वस्तुहरुले पूर्णता दिनका लागि दानवीर दाता – सहयोगी संघसंस्थाहरूसँग समन्वय गरिने समितिले जनाएको छ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार थप