गैडाकोट १७ लो वाड्‌यो किसानलाई हाते ट्याक्टर

0 Shares

मित्र खरेल, फागुन ९, गैंडाकोट । गैंडाकोट नगरपालिका वडा नं. १७ ले किसान लक्षित मिनीटेलर वितरण गरेको छ। चालु आ.व. २०८०/०८१ को विनियोजित बजेट शिर्षकमा पाँच वटा टोलका किसानका लागि टोल विकास संस्थामार्फत  हाते ट्‌याक्टर वितरण गरिएको १७ नं. वडा कार्यालयले जनाएको छ ।.

वडाको ३ लाख ५० हजार बजेटले ५ वटा मिनी टेलर खरिद गरी प्रत्येक टोलका लागि एउटा हाते ट्‌याक्टर उपलब्ध गराइएको हो ।

पूर्ण अनुदानमा वितरित कृषि सामग्रीले कृषकहरूलाई लाभ हुने अपेक्षा लिइएको छ।.

सामग्री वितरण कार्यक्रममा वोलेका वडाअध्यक्ष गोपी कंडेलले कृषिलाई व्यवसायीक नबनाएसम्म परिकल्पना गरिएको आर्थिक विकास सम्भव नरहेको बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार थप