खगेन्द्र पराजुली, चैत १९, देवचुली । प्रगतिनगर खानेपानीमा मनोनयन दर्ताका क्रममा संसदीय निर्वाचनको झल्को झल्किएको छ । नेपालकै उत्कृष्ट खानेपानीको नवौं कार्यभार सम्हाल्न यहाँका राजनैतिक दल निकट उपभोक्ताले अघोषित दलीय उम्मेदवारी हालेका छन् ।
नेपाली काग्रेस, नेकपा एमाले र रास्वपाले निर्वाचन हुने १४ पदमा प्यानलै उठाएका छन् । माओवादी केन्द्रले २ सदस्य पद बाहेक सबैमा उम्मेदवारी दिएको छ।.
मंगलवार भएको मनोनयनमा अध्यक्ष पदमा ४ जनाको उम्मेदवारी परेको छ । दलको निर्णय निर्देशनमा उम्मेदवारी दर्ता गर्ने हरुमा एमालेका दुर्गादेवी विष्ट, काँग्रेसका डिल्लीराम कडरिया, माओवादी केन्द्रका इन्द्रमणी भुसाल र रास्वपाका सुदिप न्यौपाने छन् ।
सचिवमा एमालेका विष्णु प्रसाद न्यौपाने, काँग्रेसका ढुण्डिराज काफ्ले, माओवादी केन्द्रका रेशमराज दवाडी र रास्वपाका रुद्र बहादुर मोक्तान चुनावमा उठेका छन।
संस्थाको लेखा संयोजकमा एमालेले जीवन श्रेष्ठलाई उठाएको छ भने काँग्रेसबाट बालकृष्ण काफ्ले उठेका छन् । लेखा संयोजकमै माओवादीवाट होम बहादुर बिक र रास्वपाका डिल्ली राज पौडेल चुनावमा खडा भएका छन् ।
९ पद सदस्यका लागि ३४ जनाले मनोनयन दर्ता गरेका छन् । यस्तै, लेखा सदस्य २ पदमा पनि ८ जनाको उम्मेदवारी परेको छ ।
चैत ३० गते प्रगतिनगर खानेपानीको मतदानको मिति तोकिएको छ । मनोनयन गराएका उम्मेदवारको नाममाथीको दावी विरोध चैत २० गते बुधवार दिउँसो ४ वजेभित्र गरिसक्नुपर्ने निर्वाचन समितिको कार्यतालिका रहेको छ ।
हेर्नुहोस् सुची ।
