मौलाकालिका मन्दिरवाट भित्तेपात्रो विमोचन

0 Shares

बैशाख ५, गैंडाकोट । नवलपुर मदिरा तथा प्रोभिजनल ब्यवसायी संघले भितेपात्रो विमोचन गरेको छ । संघले शुक्रवार मौलाकालिका मन्दिरमा २०८२ सालको भित्तेपात्रो विमोचन गरेको हो।

संघका अध्यक्ष रेशमलाल चापागाई, विमोचन कार्यक्रमका प्रमुख अतिथि मदिरा तथा प्रोभिजनल व्यवसाय महासंघ गण्डकीका कोषाध्यक्ष दीपक खराल र धार्मिक सेवा समिति मौलाकालिका मन्दिरका अध्यक्ष शालिकराम सापकोटाले संघले प्रकाशन गरेको भित्तेपात्रो संयुक्त रूपमा विमोचन गरेका हुन् ।

संघको जिल्ला कार्य समितिका व्यवसायिक प्रतिनिधिको उपस्थितिमा भएको विमोचन कार्यक्रममा संघका चितवन अध्यक्ष राम बस्नेत, नवलपुर वितरक संघका महासचिव पूर्ण प्रसाद खराल लगायतको उपस्थिति रहेको थियो ।

संघका महासचिव प्रभात न्यौपानेको सहजीकरणमा विमोचन कार्यक्रम भएको हो।

नवलपुरका पर्यटकीय क्षेत्रको प्रचार प्रसारका लागि महत्वपूर्ण हुने अपेक्षासाथ मौलाकालिका धार्मिक क्षेत्रवाट भित्तेपात्रो विमोचन गरिएको संघका अध्यक्ष रेशमलाल चापागाईले बताए ।

गत वर्ष देवचुली डाँडाबाट भित्तेपात्रो विमोचन गरेको सम्झेका चापागाईले आउँदो वर्ष दाउन्ने मन्दिरबाट नयाँ वर्षको भित्तेपात्रो विमोचन गरिने जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार थप