खगेन्द्र पराजुली, जेठ १५ ।
देवचुली । बिशालटार खानेपानीको अध्यक्षमा भरतराज आचार्य निर्वाचित भएका छन् । बिहिबार सम्पन्न निर्वाचनमा अध्यक्षका प्रत्यासी खेमनारायण पंगेनीलाई एक मतले उछिन्दै आचार्य विजयी भएका हुन् । भरतले १ सय ९५ मतका साथ बाजी मारे । अध्यक्षका अर्का उम्मेदवार यदुनाथ कण्डेलको चिन्हमा १ मत मात्रै पर्यो ।
४ सय १६ मत खसेको विशालटार खानेपानी संस्थाको निर्वाचनमा भरत र खेमनारायण दुई प्यानलबीच भएको प्रतिस्पर्धामा कार्य समितितर्फ आचार्यले मात्र चुनाव जितेका हुन् ।
९ सदस्यीय कार्य समितितर्फको चुनावमा उपाध्यक्ष पदमा प्रेमबहादुर गुरुङ, सचिवमा तुलसीराम अर्याल र कोषाध्यक्षमा विमाया मगर विजयी भए ।
निर्वाचनमा उपाध्यक्षमा शिब श्रेष्ठ प्रधानलाई ५ मतले उछिन्दै गुरुङ निर्वाचित हुँदा सचिवका प्रत्यासी सृष्टी राना पुलामीसँगको प्रतिस्पर्धामा अर्यालले ५ मतान्तरले जित निकाले । विजेता गुरुङले २०४ मत ल्याए भने सचिवमा निर्वाचित अर्यालले २०१ मत ल्याए ।
कोषाध्यक्षमा निर्वाचित विमायाले २०६ मत ल्याउँदा प्रत्यासी किरण तामाङले १९४ मत पाएकी छन् ।
सदस्यतर्फ खेमनारायण प्यानलका इश्वरी गाहा मगर, सरस्वती बि.क., गिता पाध्य, टेकराज श्रेष्ठ र नेत्रलाल काफ्ले निर्वाचित भएका छन् ।
यस्तै, बिशालटार खानेपानीको लेखा संयोजकमा उमाकान्त भुसाल र लेखाकै खुल्ला सदस्यमा गिरबहादुर दमाई निर्विरोध भएका निर्वाचन समितिले जनाएको छ । लेखा महिला सदस्यमा भरत प्यानलकी रेनुका भुसाल भटराई ४ मत अन्तरले निर्वाचित भएकी छन् । निर्विरोध निर्वाचित लेखा संयोजक भुसाल भरत प्यानलका हुन् भने सदस्य गिर बहादुर खेमनारायण प्यानलका हुन् ।
९ सदस्यीय कार्य समितिको अध्यक्ष बाहेक सवै खेमनारायण प्यानलका उम्मेदवार निर्वाचित भएको देखिन्छ । उता लेखातर्फ निर्वाचित महिला सदस्य र लेखा संयोजक भरत प्यानल पक्षका छन् । लेखामा एक सदस्य खेमनारायण प्यानलबाट निर्विराध भएका छन् ।
५ सय ११ मतदाता रहेकोमा ४ सय १६ मत खसेको थियो । ८१ दशमलब ४ प्रतिसत खसेको मत गन्दा २ मतपत्र बदर भएको निर्वाचन समितिले जनाएको छ ।