नवलपुरका ३ युवा युवा संघको केन्द्रमा

0 Shares

जेठ १६, नवलपुर ।  पोखरामा सम्पन्न युवा संघ नेपालको राष्ट्रिय महाधिवेशनवाट नवलपुरका ३ युवा नेता निर्वाचित भएका छन् । ३ मध्ये १ जना निर्विरोध भएका हुन् भने २ जना मतदान प्रक्रियावाट निर्वाचित भएका हुन्।

केन्द्रिय सदस्यमा विनयी त्रिवेणीका विराजन थापा सर्वसम्मत हुदाँ देवचुलीकी सरस्वती पाठकले चुनाव जितेरै केन्द्रिय सदस्यमा उपस्थिति जनाइन् ।

यस्तै नवलपुरका युवा नेता मदन गिरी संगठनको केन्द्रिय निर्वाचन आयोगको अध्यक्षमा निर्वाचित भएका छन्  ।

यसअघि गिरी युवा संघ सचिवालय सदस्य थिए । उनी संगठनको गण्डकी प्रदेश उत्प्रेरकको जिम्मेवारीमा थिए । गिरी एमाले नवलपुर जिल्ला कमिटि सदस्य पनि हुन् । निर्माण ब्यवसायी समेत रहेका उनी पार्टीको पेशागत संगठन र छाता संस्थामा समेत आवद्ध छन् ।

गण्डकी प्रदेश भूगोल तर्फवाट केन्द्रिय सदस्यमा निर्विरोध निर्वाचित बिराजन थापा यसअधि केन्द्रिय सदस्य र नवलपुर जिल्ला इन्चार्ज थिए ।

गण्डकी प्रदेशको महिला भूगोल तर्फवाट उम्मेदवारी दिएर केन्द्रीय सदस्यमा निर्वाचित सरस्वती पाठक निवर्तमान केन्द्रिय सदस्य थिरपनि हुन् । उनी देवचुली-२ वाट प्रत्यक्ष निर्वाचित बडा सदस्य हुदै नवलपुर सदस्यको उनी नेकपा एमालेजिल्ला समन्वय समिति जिम्मेवारीमा पनि छन् । उनी नेकपा एमाले देवचुली- २ को वडा सचिव हुन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार थप