खगेन्द्र पराजुली,
जेठ १७, देवचुली । देवचुली नगरपालिकाका नगर प्रमुख हरिप्रसाद न्यौपानेले योजना आयोगबाट प्राप्त योजना र भएको बजेट ब्यवस्थापन सार्वजनिक गरेका छन् ।
आफ्नो सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका नगर प्रमुख न्यौपानेले नेपाल सरकारले देवचुलीलाई बिशेष महत्व दिएर बजेट ब्यवस्थापन गरेकोप्रति खुसी प्रकट पनि गरेका छन् ।
योजना आयोगबाट मात्रै प्राप्त कार्यक्रम शिर्षक र वजेटलाई खुलाएरै लेखेका उनले मन्त्रालयगत योजनामा धेरै कार्यक्रम समेटिनेमा आशाबादी छन् ।
नगर प्रमुख न्यौपानेले देवचुलीको बिकासका निम्ति सहयोग पुर्याउने जनप्रतिनिधी, कर्मचारी एबम् समाजसेवी बुद्धिजिवी र नेपाल सरकारप्रति आभार र धन्यवाद प्रकट गरेका छन् ।
नगर प्रमुख हरिप्रसाद न्यौपानेका अनुसार सामुदायिक प्राकृतिक चिकित्सालय रजहरका लागि क्रमागत वजेट अन्तर्गत ७ करोड ४० लाख वजेट ब्यवस्थापन भएको छ । यस्तै, लोकाहा खोला तटबन्धनमा २ करोड ५० लाख, मानब बन्यजन्तु द्वन्द्व ब्यवस्थापन मध्यवर्ती क्षेत्र मेसजालीका लागि १ करोड ४० लाख, बिपन्न नागरिकको आवास निर्माणमा ८५ लाख र रिङ्गरोडका लागि ९१ लख वजेट ब्यवस्थापन भएको छ । योजना आयोगबाट प्राप्त यि योजनामा बिनियोजित भएको कुल वजेट १३ करोड ६ लाख हुन आउँछ ।