जेठ १९, देवचुली । एम्बुलेन्स र स्कुल भ्यान आपसमा ठोक्किएर भएको दुर्घटनामा स्कुल भ्यान चालकको ज्यान गएको छ । देवचुलीस्थित दुम्कौलीमा सोमबार बिहान भएको दुर्घटनामा देवचुली १ का ५२ वर्षका कुल प्रसाद सुवेदीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
बिरामीसहित पश्चिमबाट पूर्व जाँदै गरेको एम्बुलेन्स र विपरीत दिशाबाट आउँदै गरेको दिब्य एकेडेमीको भ्यान ठोक्किदा दुवै साधनमा सवार घाइते छन्।
ना ४ च ४६१६ नम्वरको एम्बुलेन्समा सवार बुटबल ३ गोलपार्ककी ३६ वर्षकी लक्ष्मी राई, सोही ठाउँका २५ वर्षका स्नेहा परियार र इशु राईलाई उपचारका लागि भरतपुर पठाईएको जनाईएको छ ।
स्कूल भ्यानमा स्कूल आउदै गरेका देवचुली १७ रजहरकी १० वर्षीया आयुषा गौतम र देवचुली ४ की ६ वर्षीया सोखनिया रोक्का स्थानीय स्वास्थ्य संस्थामा सामान्य उपचारपछि डिस्चार्ज भएका प्रहरीले जनाएको छ ।
एम्बुलेन्स चालक भरतपुर ९ गोन्द्राङका भैरबबहादुर थापा प्रहरीको नियन्त्रणमा छन् । दुर्घटनामा परेका थापा भने सकुशल रहेका प्रहरीले जनाएको छ ।