सिजी अगाडी ट्रिपरमा बाइक ठोक्कियो, रजहरका सरोज घाइते

0 Shares

देवचुली, जेठ २० । सिजी अगाडी ट्रिपरमा मोटरसाइकल ठोक्किदा मोटरसाइकल चालक घाइते भएका छन् । मंगलबार बिहान भएको दुर्घटनामा देवचुली १६ रजहरका सरोज सहनी घाइते भएका हुन् ।
सडक छेउमा माटो खन्याएर सुचारु लेनमा प्रवेश गर्दै गरेको ट्रिपरमा रजरहबाट पश्चिमतर्फ आउँदै गरेका १६ वर्षका सहनीले चलाएको मोटरसाइकल ट्रिपरमा ठोक्किदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । घाइतेको केउरेनीस्थित स्थानीय स्वास्थ्य संस्थामा उपचारका लागि पठाईएको जनाईएको छ ।
दुर्घटनामा परेका ना ८ प ५०२६ नं. को ट्रिपर र ग. प्र. ०४–००१ प ३३६३ नं. को मोटरसाइकल इलाका प्रहरी रजहरले नियन्त्रणमा लिएको छ । ट्रिपर चालक कावासोती १७ का ३१ वर्षका कमल महतो पनि प्रहरी नियन्त्रणमा छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार थप