बिशालटार खानेपानीका नवनिर्वाचित पदाधिकारीले पाए आधिकारिकता

0 Shares

खगेन्द्र पराजुली, जेठ २०, देवचुली ।  बिशालटार खानेपानीका नवनिर्वाचित पदाधिकारीहरुले सपथ सहित पदभार ग्रहण गरेका छन् । जेठ १५ गते सम्पन्न आठौं अधिवेशनबाट निर्वाचित कार्य समिति एवम् लेखा समितिका पदाधिकारीलाई सोमबार निर्वाचित भएको प्रमाणपत्र, सपथ तथा पदभार गराईएको हो ।
निर्वाचन समितिका अध्यक्ष नवराज घिमिरको अध्यक्षतामा बिशालटार खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थामा भएको कार्यक्रममा शुभकामना मन्तब्य राखेका वक्ताहरुले बिशालटार खानेपानीमा पहिलो अभ्यासका रुपमा भएको प्रजातान्त्रिक विधिबाट निर्वाचित समितिले अवसरलाई ग्रहण, चुनौतीको समाधान गर्दै उपभोक्ता र संस्थालाई केन्द्रमा राखेर अत्यावश्यक सेवा प्रभावकारी बनाउनुपर्नेमा जोड दिए ।
कार्यक्रममा अध्यक्षका प्रत्यासीद्वय खेमनारायण पंगेनी र यदुनाथ कण्डेलले असल क्रियाकलापमा सधैं सहयोग रहने साझा धारणा ब्यक्त गरे । एक मत अन्तरले अध्यक्षको कुर्सी गुमाएका खेमनारायणले निर्वाचनमा सहभागी उपभोक्ता मतदातालाई धन्यवाद र निर्वाचित उम्मेदवारलाई बधाइ शुभकामना दिएका थिए १ मत ल्याएका यदुनाथ कण्डेलले हार्दिकता र उदारता कमजोरी नठान्न आग्रह गरे । उनले बरु यसलाई उत्कृष्टता र सृजनशिलताका सुन्दर सूचकका रुपमा लिन सुझाए । चुनाव चिन्ह पाईसकेपछि चुनाव अगावै आफ्नो उम्मेदवारी भरतराज आचार्यको समर्थनमा फिर्ता लिएको सार्वजनिक गरेका यदुले यही प्रसंगमा उदारताको प्रसंग निकालेका हुन् ।
कार्यक्रममा बिशालटार खानेपानीका निवर्तमान अध्यक्ष मोहनबहादुर आले, सहजीकरण सदस्यद्वय कृष्ण आले र मेख बहादुर सारू, वडा नं. ९ का अध्यक्ष बलिराम सापकोटाले खानेपानी निर्वाचनले केही तिता मिठा अनुभवहरु महसुस भएकाले त्यसलाई सिकाइका रुपमा बुझ्नुपर्ने साझा अभिब्यक्ति राखेका थिए ।
सहमतिमा कार्य समिति टुङ्ग्याउने प्रयोजनका लागि बनेको सहजीकरण समितिका मेखबहादुरले निर्वाचन परिणामले हार र जित दुवै बराबर भएको तर्क गरे ।
अर्का सहजीकरण सदस्य कृष्ण आलेले सफलताका लागि संस्कार चाहिने त्यसका लागि सहअस्तित्वको स्वीकारोक्ति र सम्मानलाई ख्याल गर्दै पदको जिम्मेवारी जिम्मेवार भएर गर्न सुझाए ।
कार्यक्रममा प्रमुख अतिथिका रुपमा रहेका वडाअध्यक्ष बलिराम सापकोटाले खानेपानीलाई उपभोक्तामैत्री, सर्वसुलभ, गुणस्तरीय, स्वच्छ र नियमित पानी प्रवाहमा केन्द्रित हुदै २० वर्ष पछाडिको आवश्यकतालाई अध्ययन गरेर पूर्वाधार बिकास, स्रोत पहिचान र सामाजिक उत्तरदायित्व निर्वाह गर्नेतर्फ लाग्नुपर्ने सुझाव राखेका थिए । नवनिर्वाचित अध्यक्ष भरत आचार्यले प्रतिवद्धता मन्तब्य राखेका थिए ।
निर्वाचित पदाधिकारीलाई निर्वाचन संयोजक घिमिरेले सपथ दिलाएका थिए भने वडाअध्यक्ष, खानेपानीका निवर्तमान अध्यक्ष, निर्वाचन समितिका पदाधिकारीले संयुक्त रुपमा माला अविर र प्रमाणपत्र प्रदान गरेका थिए ।

कार्यक्रमको सञ्चालन निर्वाचन समिति सदस्य समेत रहेका देवचली नगरपालिका राजश्व शाखा प्रमख शिव सापकोटाले गरेका थिए भने अर्का सदस्य प्रगतिनगर खानेपानी संस्थाका कार्यालय प्रमुख ईश्वरबहादुर पाण्डेले ब्यवस्थापन सहजीकरण गरेका थिए ।

कार्यक्रमका प्रमख वक्ता वडाअध्यक्ष सापकोटा बोल्नुअघि घुमाउरी सामुदायिक बनका अध्यक्ष पार्वती रावलले अव उप्रान्त कार्यक्रमलाई महिलामैत्री बनाउन सुझाव दिईन् । उनले सामाजिक क्षेत्रमा महिलाहरुको उपस्थिति र सक्रियतालाई प्रोत्साहन गर्न, नेतृत्व बिकास गर्न पनि मदत पुग्ने आशयले प्रस्तुति प्रस्तुत गरे पनि कार्यक्रमको बीचैमा जुरुक्क उठेर बोलेकी हुन् ।
औपचारिक कार्यक्रममार्फत पदस्थापित भएका नयाँ समितिले सोमबारै पदभार ग्रहण पनि गरेको छ ।

पहिलो बैठकले गर्यो लोकप्रिय निर्णयः मृत्यु शोक परेको घरमा एक महिनाको महशुल छुट

बिशालटार खानेपानीले एक महिनाको महशुल निशुल्क गर्ने निर्णय गरेको छ । सोमबार एक औपचारिक कार्यक्रमकाबीच पदभार ग्रहण गरे लगत्तै बसेको पहिलो पूर्ण बैठकले उपभोक्ताको परिवारमा पर्न सक्ने मृत्यु जस्तो दुखको क्षणमा सो अवधिको एक महिनाको खानेपानी महशुल निशुल्क गर्ने निर्णय भएको अध्यक्ष भरतराज आचार्यले जानकारी दिए ।
दुखमा परेको वेला, अरु बेलाभन्दा धेरै पानी खर्च हुने हुँदा खानेपानी संस्था पनि उपभोक्ताको दुखमा साथमा छ भन्ने अपेक्षाका साथ निशुल्क गर्ने निर्णय गरिएको आचार्यले स्पष्ट पारे ।
निशुल्क सुविधा लिन उपभोक्ताले त्यस्तो अवस्थाको जानकारी महशुल तिर्नु अगाडी नै जानकारी गराउनुपर्ने हुन्छ ।
नवनिर्वाचित अध्यक्ष आचार्यले आफ्नो प्रस्तावमा पहिलो बैठकले सर्वसम्मत रुपमा गरेको यो निर्णयले वर्तमान कार्यसमिति उपभोक्ताप्रति र सामाजिक उत्तरदायित्वप्रति जिम्मेवारका साथै एकवद्ध रहेको दर्साए ।

प्रतिक्रिया
सम्बन्धित समाचार थप