बिशालटार खानेपानीमा नव–निर्वाचितको पहिलो बैठकः एक महिना निशुल्क पानी

0 Shares

सन्दीप पराजुली ।
जेठ २०, देवचुली । बिशालटार खानेपानीले एक महिनाको महशुल निशुल्क गर्ने निर्णय गरेको छ । सोमबार एक औपचारिक कार्यक्रमकाबीच पदभार ग्रहण गरे लगत्तै बसेको पहिलो पूर्ण बैठकले उपभोक्ताको परिवारमा पर्न सक्ने मृत्यु जस्तो दुखको क्षणमा सो अवधिको एक महिनाको खानेपानी महशुल निशुल्क गर्ने निर्णय भएको अध्यक्ष भरतराज आचार्यले जानकारी दिए ।
दुखमा परेको वेला, अरु बेलाभन्दा धेरै पानी खर्च हुने हुँदा खानेपानी संस्था पनि उपभोक्ताको दुखमा साथमा छ भन्ने अपेक्षाका साथ निशुल्क गर्ने निर्णय गरिएको आचार्यले स्पष्ट पारे ।
निशुल्क सुविधा लिन उपभोक्ताले त्यस्तो अवस्थाको जानकारी महशुल तिर्नु अगाडी नै जानकारी गराउनुपर्ने हुन्छ ।
नवनिर्वाचित अध्यक्ष आचार्यले आफ्नो प्रस्तावमा पहिलो बैठकले सर्वसम्मत रुपमा गरेको यो निर्णयले वर्तमान कार्यसमिति उपभोक्ताप्रति र सामाजिक उत्तरदायित्वप्रति जिम्मेवारका साथै एकवद्ध रहेको दर्साए ।

प्रतिक्रिया
सम्बन्धित समाचार थप