देवचुलीका होटल ब्यवसायीले गरे नवनर्मित कार्यालय उद्घाटन

0 Shares

खगेन्द्र पराजुली ।
जेठ २१, देवचुली । देवचुली होटल ब्यवसाय संघले कार्यालय उद्घाटन गरेको छ । देवचुली १३ दलदलेस्थित देवचुली उद्योग वाणिज्य संघको परिसरमा निर्मित कार्यालय बुधबार नगरप्रमुख हरिप्रसाद न्यौपानेले उद्घाटन गरेका छन् ।
देवचुली होटल ब्यवसाय संघका अध्यक्ष लक्ष्मण चापागाईको अध्यक्षतामा भएको कार्यक्रममा उद्योगी ब्यवसायी संघसंस्थाका पदाधिकारी प्रतिनिधि लगायत, बस्तुगत संस्था निकट शुभेच्छुक महानुभावहरुको उपस्थिति रहेको थियो ।
ब्यवसायीहरुको छाता संस्था उद्योग वाणिज्य संघ देवचुलीले उपलब्ध गराएको उद्योग वाणिज्य संघको भवनसँग जोडिएको खाली ठाउँमा होटल ब्यवसायीहरु आफैले स्रोत जुटाएर एक कोठे कार्यालय निर्माण गरेको अध्यक्ष लक्ष्मण चापागाईले जानकारी दिए ।
रिवन काटेर कार्यालय उद्घाटन गरेका नगरप्रमुखले देवचुलीमा होटल ब्यवसायीले संचालन गरेका क्रियाकलापले एकतामा बल हुन्छ भन्ने कथनलाई पुष्टि गरेको बताए ।
समुद्घाटन कार्यक्रममा देवचुली उद्योग वाणिज्य संघका अध्यक्ष सूर्यप्रसाद दवाडी, निवर्तमान अध्यक्ष रेशम सापकोटा, होटल ब्यवसाय महासंघका केन्द्रिय सदस्य सुरेश पाण्डेले होटल लगायत जुनसुकै पेशा ब्यवसायमा परेको असर र सिर्जित परिस्थितिका बारेमा चिन्ता सहितका धारणा ब्यक्त गरेका थिए । उनीहरुले ब्यवसाय प्रवद्र्धन र ब्यवसायीको संरक्षणमा नगरपालिका र पेशागत संघसंस्थाबीचको समन्वयको निरन्तरताको अपेक्षा ब्यक्त गरेका छन् ।
औपचारिक कार्यक्रममा बोलेका अस्थायी प्रहरी कार्यालय दलदलेका इन्चार्ज हिमलाल श्रेष्ठले मापदण्ड आधारमा होटल–रेष्टुरेण्ट सञ्चालन नहुँदा प्राय शान्ति–सुरक्षामा चुनौती हुने गरेको बताए । कहिलेकाही स्थानीय ग्राहकहरुको करकापमा त ब्यापारी स्वयंले ब्यापार हुने लोभमा राती अवेरसम्म खुल्ने होटल–रेष्टुरेष्टहरुमा झै–झगडा, कुटपिट, दुब्र्यवहार र चोरी जस्ता घटना हुने गरेकाले ब्यवसायिक अनुशासन पालना गर्न आग्रह गरे ।
होटल ब्यवसायी संघका सचिव खुमलाल भुर्तेलको सञ्चालन तथा वरिष्ठ उपाध्यक्ष भोजराज ज्ञवालीको स्वागतमा भएको समुद्घाटन कार्यक्रमकै अवसरमा कार्यालय बनाउन सहयोग गरेका सहयोगीलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार थप