जेठ २२, देवचुली । देवचुलीको कदमपुरमा भएको सेभेन ए साइड फुटवल प्रतियोगितामा कावासोतीको व्रदर्श स्पोर्टस जोन समूह प्रथम भएको छ।
बुधवार भएको प्रतिस्पर्धामा देवचुली-५ कदमपुरलाई ट्राइब्रेकरमा हराउँदै ब्रदर्श प्रथम भएको हो । दुवै टीम खेल अवधिभर गोलरहित बराबरी खेलेका थिए ।
जेठ १० देखि सञ्चालित प्रतियोगितामा नवलपुर भित्रका २५ टीम खेलेका थिए ।
प्रतियोगितामा प्रथम र द्वितीय हुने टीमले क्रमशः ३० र १५ हजारमा करकट्टी गरीएको नगद पुरस्कार र ट्रफी मेडल प्राप्त गरे ।
देवचुली ५ वडा युवा तथा खेलकुद समितिको आयोजनामा भएको कार्यक्रम वडा नं ५ को ५० हजार बजेट सहयोगमा भएको हो ।
कदमपुर खेल मैदानमा भएको प्रतियोगिता सम्पन्न भएको हो ।वडाले विनियोजन गरेको सिमित वजेटमा कार्यक्रम गरिएको आयोजकले जनाएको छ।
खेल गतिविधिमा प्रायः स्थानीय स्तरका निजी क्षेत्र र सामाजिक संघ संस्थासँग सहयोग जुटाउने परिपाटीलाई बन्द गरी सञ्चालित प्रतियोगितामा सहभागी समूहले प्रवेश शुल्क ३ हजार ५ सय बुझाएका थिए ।
बुधबारै खेलकुद बिकास समिति देवचुलीका अध्यक्ष दिपकचन्द्र भट्टराई र वडा नं. ५ का अध्यक्ष कृष्णप्रसाद सापकोटाले विजयी खेलाडी र टीमलाई पुरस्कार हस्तान्तरण गरे ।