यस्तो छ पहिलो पटक हुने टिपिकल खाना प्रतियोगिता तयारी

0 Shares

खगेन्द्र पराजुली ।
जेठ २२, नवलपुर । मौलिक नेपाली खानालाई प्रवद्र्धन तथा विद्यार्थीका खाना बनाउने सीप–कला र अनुभव साटासाट गर्ने उदेश्यले आयोजित टिपिकल नेपाली खाना प्रतियोगिता ब्यवस्थापन तयारी पुरा भएको छ ।
२३ गते शुक्रबार बिहान १० देखि ४ बजेसम्म हुने प्रतियोगिता र त्यसपछिको साँगितिक माहोल सहितको रिफ्रेसमेण्ट कार्यक्रमको ब्यवस्थापकीय तयारी पूरा भएको आयोजक शिशवार चितवन टाइगर रिसोर्ट ब्यवस्थापन पक्षले जनाएको छ ।
कावासोतीमा रहेको मेन्टर एजुकेशन अष्ट्रेलिया ब्रान्चको सपोर्टमा हुने प्रतियोगितामा नवलपुरभित्र रहेका होटल मेनेजमेण्टका बिद्यार्थीहरुले भाग लिने मेन्टर कावासोतीका ब्रान्च मेनेजर सुजन सापकोटाले जानकारी दिए ।
बिहिबार साँझसम्ममा १० टीम दर्ता–सम्पर्कमा रहेको बताएका सापकोटाले शुक्रबार केही टीम बढ्न सक्ने बताए ।
प्रतियोगितामा उत्कृष्ट हुने टीमलाई नगद सहित गिफ्ट रहेको छ । यसबाहेक सहभागीमध्येका ५ जनालाई गोलाप्रथाबाट सरप्राइज गिफ्ट रहेको पनि मेन्टर कावासोती ब्रान्चले जनाएको छ ।
५ वजेपछि शुरु हुने रिफ्रेसमेण्ट कार्यक्रममा स्थानीय कलाकार र ब्याण्डको प्रस्तुति रहने रिसोर्ट ब्यवस्थापनले जनाएको छ ।
बिद्यार्थी लक्षित करियर काउन्सिङि पनि हुने भएकाले विद्यार्थी–अभिभावकका लागि फलदायी हुने बिश्वासका साथ कार्यक्रम तय गरिएको सापकोटा बताउँछन् ।
नवलपुरमै पहिलो पटक प्रतियोगिताका रुपमा गर्न लागिएको टिपिकल मौलिक खाना प्रतियोतिामा विद्यार्थीहरुले नेपालका विभिन्न जातजातिका दैनिकदेखि साँस्कृतिक पर्वहरुमा बनाइने परिकारहरु प्रस्तुत गर्नेछन् ।
उनीहरुले बनाउने परिकार स्वास्थ्य र पौष्टिक मापदण्डका सैद्धान्तिक आधारमा रहेर बनाइने भएकाले मिश्रण, विधि, बिशेषता मिश्रित हाइजेनिक खाना बनाउने सीप बिकासका साथै मानिसहरुमा सन्तुलित आहारा जीवनशैलीमा महत्वपूर्ण हुने रिसोर्ट मेनेजर तथा प्राध्यापक सागर पराजुलीले स्पष्ट पारेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार थप